लहान, १८ असोज । बडा दसै अर्थात 'दशहरा पर्व शुरू भएको छ। शारदीय नवरात्र र दशहरा भनिने बडादशै पर्वको पहिलो दिन आज अधिकांश गाउँमा कलश यात्राका साथ घटस्थापना गरिएको छ। दशैं पर्वलाई मधेशमा 'दशहरा भनिन्छ। दशैंको पहिलो दिन आज लहानको दुर्गा मन्दिरलगायत ग्रामिणक्षेत्रमा दुर्गा भगवतिको कलात्मक मुर्ति बनाइ धुमधामका साथ दुर्गा पुजा गरिएको छ। प्रत्येक वर्ष कै यस वर्ष पनि धुमधामका साथ दुर्गा पुजा आयोजना गरिएको छ। सोहि अवसरमा बृहत् कलश यात्रा निकालिएको छ ।
असोज शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई शारदीय र चैत शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई वासन्ती नवरात्र भनिन्छ । देवीपूजन र आराधनामा दुवै नवरात्र समान महत्त्वका भए पनि शारदीय नवरात्र पहिलेदेखि नै धुमधामले मनाउने प्रचलन रहेको छ। देवी शक्तिपीठहरूमा कन्याकुमारीले आज धार्मिक महत्वका नदी र सरोबरबाट माटोका नयां घडामा भरेर ल्याएको जल देवीको प्रतिमा र मन्दिर परिसरमा अभिषेक गर्दै त्यही जल कलश स्थापना गरेर घटस्थापना गरिएको छ।
यस प्रयोजनका लागि आज एकाविहानैदेखि बस्तीजस्तीमा कलश यात्राका कार्यक्रम भएको छ। दुर्गा मन्दिरसहितको शक्तिपीठलाई विशेष किसिमले फूलमालाका साथै झिलिमिली पारेर सजाइएको छ। मन्दिरमा पूजा गर्न आउने श्रद्धालु भक्तजनलाई कुनै किसिमको असुविधा हुन नदिन स्वयंसेवक परिचालन गरेको छ। विशेषगरी सप्तमी र अष्टमी तिथिमा श्रद्धालु भक्तजनको विशेष भिड हुने गरेको र त्यसलाई मध्यनजर गरी स्थानीय प्रशासनले सुरक्षा बढाएको छ। मन्दिरमा विशेष पूजाका साथै सांझ भजन सन्ध्या कार्यक्रमको समेत आयोजना हुने गरेकाले श्रद्धालु भक्तजन दुर्गा मन्दिरमा पूजा आराधनाका लागि दंसैमा आउने गरेको रोशन गुप्ताले जानकारी दिए। दसै सुरु भएसँगै लहानको बजारमा सर्वसाधारणको चहल-पहल बढेको छ। स्थानीय प्रशासनले समेत नगर क्षेत्र भित्रमा सुरक्षा सत्तर्कता बढाएको छ ।
प्रतिक्रिया दिनुहोस
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved