ओम प्रकाश यादव असोज ०३ । सिरहा जिल्लाको भगवानपुर गाउँपालिका १ रहेको श्री खुशिलाल उचितलाल जनता आधारभूत विद्यालय कल्याणपुरमा शिक्षा दिवसको अवसर पारी हाजिरी जवाफ प्रतियोगिता गरिएको छ । २०८० को कार्य सम्पादनको आधारमा वर्षको उत्कृष्ट शिक्षक,उत्कृष्ट अभिभावक,विभिन्न विधामा उत्कृष्ट छात्र छात्राहरू,सामाजमा भएका शिक्षाका अभियन्ता र विद्यालयका संस्थापक शिक्षकहरूलाई अभिनन्दन तथा पुरस्कृत गर्दै भव्य सभ्य तरिकाले कार्यक्रम सम्पन्न गरेको छ।

हाजिरी जवाफ प्रतियोगितामा पालिकामा १७ वटा बिधालय मध्ये यो अधारभुत बिधालय आजको कार्यक्रम मार्फत १ न. स्थान ओगटेका प्राय सबै बक्ताले प्रष्ट पारेका छन। जिरो बाट शुरु भएर अहिले हिरो बिधालय बन्नुमा प्र.अ. बिष्णुदेव यादव नेतृत्वको शिक्षक टिम, रोजाइ रहमान नेतृत्वको बिधालय ब्यबस्थापन समिति र अभिभावक बर्गको कडा परिश्रमको कारण अहिले निजि बिधालयहरु संग चुनौती गर्ने खालको अबस्थामा पुगेको हो। सम्पुर्ण बालबालिकालाई प्रोत्साहित गर्ने लक्ष्य लिएर गरिएका छन यस विद्यालयमा जम्मा ५ कक्षा सम्म पठन पाठन हुने गर्छन् । प्रतियोगिता भएको प्रश्न नेपाली , अंग्रेज़ी , विज्ञान , गणित विशयका ५६ ओटा प्रश्न सोधिएका थिए त्यस मध्ये विद्यालयका विद्यार्थीहरु द्वारा ५० प्रश्नको सहि जवाफ दिएका थिए ।
प्रश्न चाहिँ लक्की ड्र गरि दिएको हुनाले कसैले पक्ष विपक्ष भन्ने गर्न पाएको थिएन ।कार्यक्रम गाउँपालिकाका पुर्व वडा अध्यक्ष रोजाइ रहमान अध्यक्षता ग्रहण गर्नु भएका थिए भने प्रमुख अतिथी वर्तमान भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादवले अध्यक्षता ग्रहण गर्नु भएका थिए विशिस्ट अतिथी पुर्व पालिका अध्यक्ष बेचन प्रसाद यादव, विशिस्ट अतिथी पालिका प्रसासकिय प्रमुख चन्द्र नारायण चौधरी, जग्गादाता चन्द्र नारायण पन्डित, लगायत सिरहाटाइम्सका पत्रकार रहमुललाई आसन ग्रहन गराएको छ ।
प्रतिक्रिया दिनुहोस
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved