रहमुल लहान १४ भदौ सिरहाको गोलबजारमा रहेको हेल्पिङ हार्ट नेपालले गोलबजारको कोविड अस्मापतालमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको संस्था महासचिव मेराज खानले जनाएका छन। बिगत लामो समय देखि यस संस्थाले समुदाय स्तरमा पुगेर हरेक नागरिकलाई स्वास्थ्य क्षेत्रमा बिभिन्न सेवाहरु दिदै आइरहेको बिभिन्न उदाहरणहरु रहेको देखिन्छ। शिविरमा खास गरी आँखाका रोगी, महिलाको पाठेघर , हाडजोर्नी , छाला सहित अन्य रोगको विशेषज्ञ डाक्टरहरु द्वारा चेकजाँच भएको थियो। जम्मा ७५० बिरामी चेकजाँच हुँदा ६० जनामा आँखाको मोतियाबिन्द, ७ जनामा पाठेघरको समस्या र अन्यमा अरुअरु समस्या देखिएको संस्था महासचिव मेराज खानले जनाएका छन।
शिविरमा आउने बिरामीहरुलाई निशुल्क सम्पुर्ण सेवा उपलब्ध गराइएको थियो भने आँखा र पाठेघरको समस्या भएका बिरामीको शल्यक्रियाको लागी सम्पुर्ण खर्च समेत संस्थाले ब्यहोर्ने महासचिव खानले जनाएका छन।त्यति मात्र होइन हाल सम्मको यस संस्थाको तथ्यांक हेर्दा बिभिन्न क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, खाद्यान्न र अवासीयलाई मुख्य बिषय बनाइ हाल सम्म देशको ४० जिल्लामा आफ्नो सेवा प्रवाह गरिरहेको महासचिव खानले बताएका छन र यस कार्यक्रम बाट खासगरी अतिबिप्पन, गरीब दलिद तथा पिछडिएका नागरिक बढि लाभान्वित भैरहेको समेत खानले बताए। आजको यो स्वास्थ्य शिविर हेल्पिङ हैण्ड USA को र लहान आँखा अस्पतालको सहयोगमा सम्पन्न भएको थियो।
प्रतिक्रिया दिनुहोस
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved