ताजा समाचार

दुई दिने उद्धम्शिलता बिकास तालिम हातीदहमा समान्न

  • भदौ १४, २०८१
  • ८३७ पटक पढिएको
  • ओम प्रकाश
alt

रहमुल लहान १४ भदौ राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक वन उपभोक्ता महासंघ नेपालको सहकार्यमा CARE Nepal संगकाे साझेदारी एवं Jersey Overseas Aid को वित्तीय सहयोगमा संचालित संरक्षण परियोजना अन्तर्गत हालसालै लहान १५ को हात्तीदहमा कृषक समूहहरूका लागि उद्ममशिलता विकास तालिम सम्पन्न भएको छ।

दलित, विपन्न तथा भूमिहीन वर्गलाई लक्षित गरेर जीविकोपार्जन सुधार योजना अन्तर्गत छानिएका १०० लाभग्राहीहरुलाई लक्षित गरेर २-दिने उद्दमशिलता विकास तालिम संचालन गरिएको थियो। सामान्य जीविकोपार्जन गर्दै आउनुभएका लाभग्राहीहरुले छान्नुभएको जीविकोपार्जन योजनालाई व्यवसायिक रुप दिने उदेश्यले तालिम संचालन गरिएको हाे।

यस तालिमबाट सहभागीहरूले आफ्ना सुनौलो सपना चित्रकला मार्फत कागजमा उतार्ने कलालाई सिक्नुका साथै बचत, उद्यमशीलता, व्यापार योजना बनाउने तरिकाहरू, व्यवसायको नाफा नोक्सानको रेकर्ड राख्ने, लेखासम्बन्धी खेल, बजार पहुँचको सम्भावना, बीमामार्फत जोखिम न्यूनीकरणजस्ता महत्वपूर्ण विषयहरूमा ज्ञान प्राप्त गरे। यी तालिमहरूले सहभागीहरूलाई आर्थिक सशक्तिकरणको दिशामा बलियो आधार निर्माण गर्न मद्दत पुर्याएको छ, जसले गर्दा उनीहरूले आफ्ना व्यवसायहरूलाई अझ प्रभावकारी तरिकाले सञ्चालन गर्न सक्षम हुनेछन्। यस पहलले हाम्रो समुदायमा दीर्घकालीन परिवर्तनको मार्ग खुला गर्दै, स्थानीय स्तरमा आर्थिक विकास र सशक्तिकरणलाई टेवा पुर्याउनेछ एक सहभागीले बताए।

प्रतिक्रिया दिनुहोस

लहानमा रहेको भूमिगत ...

ओम प्रकाश यादव, लहान, असोज २१ । मधेश प्रदेश सरकारको ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले लहान नगरप ...

सिरहाको वार्षिक स्वा ...

रहमुल, लहान, २१ असोज । आर्थिक वर्ष २०८२/०८३ मा सिरहा जिल्लाभर सञ्चालन तथा सम्पन्न गरिएका स्वास्थ्यसम ...

स्नेह वृद्धा आश्रमको ...

रहमुल, लहान, २१ असोज । सिरहाको लहानमा रहेको स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन भव्य तथा उत्साहपूर्ण व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤