ताजा समाचार

शैक्षिक संस्था बिकासमा मेयर चौधरीको बिशेश ध्यान

  • भदौ १३, २०८१
  • १०७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल । लहानको १९ र २३ वाडामा गभिएका श्री जनता मावि सोनमति गाढा बिधालयको भौतिक पुर्वधारमा मेयर महेश प्रसाद चौधरीको ध्यान गएको छ । लहान सिटी जेसिजकाे आयोजना र लहान नगरपालिकाकाे सहकार्यमा श्री जनता मावि सोनमति गाढामा विद्यार्थीसँग नगरप्रमुख कार्यक्रम सम्पन्न भएका छन् । कार्यक्रममा विद्यार्थीहरुले विद्यालयका समस्याहरु उठान गरेका थिए । जसकाे सम्बोधन गर्दै मेयर महेश चौधरीले विद्यालयका अधुरो कम्पाउण्ड वाल निर्माण पूरा गर्ने जनाएका छन् । गत आवमा यस विद्यालयमा ६० लाखमा ४ काेठे भवन र २५ लाखमा वाल निर्माण भएका थिए । त्यसमा चालू आवमा ९ लाख वालकाे लागि बजेट विनियोजन गरिएको मेयर चौधरीले जानकारी गराए । अंग्रेजी माध्यम पठन पाठन सुरु गर्ने विद्यार्थीहरुले माग गरेका छन् । कार्यक्रममा प्रअ अरविन्द दास, जेसि राकेश झा, शंकर गुप्ता, जेसिज लहान अध्यक्ष उमेश यादवलगायतकाे उपस्थिति थियाे ।

प्रतिक्रिया दिनुहोस

लहानमा रहेको भूमिगत ...

ओम प्रकाश यादव, लहान, असोज २१ । मधेश प्रदेश सरकारको ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले लहान नगरप ...

सिरहाको वार्षिक स्वा ...

रहमुल, लहान, २१ असोज । आर्थिक वर्ष २०८२/०८३ मा सिरहा जिल्लाभर सञ्चालन तथा सम्पन्न गरिएका स्वास्थ्यसम ...

स्नेह वृद्धा आश्रमको ...

रहमुल, लहान, २१ असोज । सिरहाको लहानमा रहेको स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन भव्य तथा उत्साहपूर्ण व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤