Siraha Times
ताजा समाचार

मधेशमा डिहिवार थानमा ग्राम देवताको असारी पूजा

  • असार ४, २०८१
  • २५९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, ४ असार । ग्रामीण जनजीवनमा प्रकृति पूजा, जसमा ग्राम देवी अथवा ग्राम देवताको पूजा पद्धतिको प्रचलन छ । मान्यजनको उपस्थीतिमा स्थानीय बासिन्दा भेला भएर सामुहिक रुपमा रोगव्याधी हटोस्, धानलगायतका बालीमा रोग किराको प्रकोप हटेर उत्पादनमा बृद्धि होस् भनेर असारी पूजा गर्ने गर्दछन् । यो पूजा जेठको अन्तिम हप्तादेखि असार महिना भित्र गर्ने गरिन्छ ।

यो असारी पूजा गाउँको डिहिवार थानमा गर्ने चलन रहेको छ । मधेशको गाउँगाउँमा डिहिवार थान हुने गरेको छ । सो ग्राम देवता स्त्रि हुने गरेको छ । जस्तै सती माई, काली माई ,दुर्गा माई,चंडीमाई, शीतला माई आदि; तर कतै कतै पुरुष देवता पनि हुने गरेको छ । जसमा भैरो बाबा, बजरंग बली, ब्रम्हा शंकर तथा नन्दी रहेको छ । असारसँगै लहान २३, १३, २४, १८ लगायतको वडामा असारी अर्थात डिहिवार पूजा गरिदैछ । यो मधेशको अधिकाँश गाउँमा चलन रहेको लहान १९ छर्रापट्टीका मोहन महतो बताउँछन् ।

बस्तीलाई तान्त्रिक शक्तिबाट बन्धन गरी पैशाचिक शक्तिको प्रवेश हुनबाट जोगाउने उद्देश्यले प्रत्येक वर्ष वाली लगाउने र उठाउने समयमा वस्तीको पूर्वपट्टि पीपलको फेदमा वा खुला झुपडीमा राखिएका काठका जोडी देवता (डिहिवार–डिहिवारनी)को पूजा गर्ने चलन छ । यस दिन आयोजक एवम् पूजारी हुन्छन् र सर्वप्रथम उनले नै आफ्नो जिव्रो, छाती आदिको रगत निकालेर डिहिवार डिहिवारनीलाई चढाउछन् । त्यसपछि थानमा चढाएको पर्साद वितरण गर्ने चलन छ । कति ठाउँमा बोका, पाठीको बलि दिइन्छ ।

सामेल हुने यस पूजामा प्रशस्त बोका, पाठी र अण्डा चाहिने भएकाले बढी खर्चिलो हुने देखिन्छ । ती प्रथालाई बढी विश्वास राख्नुको साथै धार्मिक कार्यहरू गरिंदै आएका छन् । अदृश्य शक्तिबाट स्वास्थ्य लाभ हुने, भूतप्रेत पिचासले नछुने, अनिकाल नपर्ने, अदृश्य शक्ति प्राप्तिको लागि तान्त्रिक कार्यहरू गर्छन् । तान्त्रिक विद्यामा नै ग्रामिण मानिस विश्वास राख्छन् । साथै तान्त्रिक विद्या लिएको व्यक्तिलाई नेपालको राजाबाट लालमोहर प्राप्त हुने गरेको थियो । अचेल त्यस्तो प्रावधान छैन । सो व्यक्तिले गाउँगाउँमा गई बिरामीहरूलाई झारफुक गर्नुपथ्र्याे । यसो गरिदिए वापत गाउँलेले अन्नपात, रूपैयाँपैसा दिने गर्दथे । घिउ, होम मसला, ल्वाङ, अगरबत्तीलगायतका पूजा समाग्री हुन् । जुन उठाएर पुजारी तथा गाउँका अधिकारीको घरमा राखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा स्कुल बस र म ...

ओम प्रकाश यादव लहान, २५ असार। सिरहाको गोलबजार नगरपालिका–९ चोहर्वास्थित पूर्व–पश्चिम महेन ...

धनगढीमाई–११ मा कुटपि ...

शम्भु चौधरी लहान, असार २५। सिरहाको धनगढीमाई नगरपालिका–११ सोनापुरमा सामान्य विवादले उग्र रूप लि ...

सिरहाको पहिलो ‘साक्ष ...

ओम प्रकाश यादव लहान, असार २४ । सिरहाको लहान नगरपालिका औपचारिक रूपमा जिल्लाकै पहिलो साक्षर नगरपालिका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१