जीवन राम सप्तरी जेष्ठ ३२ सप्तरीको सुरुंगा नगरपालिका वडा नम्बर ६ मा बालमैत्री स्थानीय शासन वडा समितिका पदाधिकारी सवारी धनि इट्टाभट्टा सञ्चालक होटल व्यवसायी लगायत सरोकारवालाहरुको लागि बालश्रम निवारण सम्बन्धि अभिमुखी कार्यक्रम सप्तरी जिल्लाको सुरुंगा नगरपालिकाका वडा नम्बर ६ को सहकार्यमा सवल नेपालद्वारा जेष्ठ ३० गते सम्पन्न भएको छ वडा नं. ६ का वडा अध्यक्ष दिनेश कुमार रामको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती नगर प्रमुख गिला चौधरीज्यूको प्रमुख अथितित्व तथा नगर उप प्रमुख रुद्र बहादुर कार्की ज्युको विशिष्ट अतिथि रुपमा कार्यक्रममा स्वागत मन्तव्य वडासचिव मिरा चौधरीले दिनुभएको थियो भने बालश्रम निवारण सम्बन्धी प्रशिक्षण सवल नेपाल सप्तरीका राधेश्याम रामले दिनुभएको थियो। त्यस्तै सुरुङ्गा नगरपालिकाले आब २०८१ मसान्त भित्र बालमैत्री नगर घोषणा गर्ने उद्देश्यले नेपाल सरकारले बनाएको ५१ सुचक र नगरले थप गरेको २ वटा गरी जम्मा ५३ सुचकको बारेमा जेष्ठ नागरिक तथा महिला बालबालिका शाखा प्रतिनिधि बिश्वेनदर पासवान र मोना सोमाल साम्पांग ले सुचक सम्बन्धी जानकारी तथा प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा सबभन्दा बढी बालश्रम हुने निर्माण क्षेत्र, इँटाभट्टा, होटल, सबारीहरुमा बालश्रम देखिको छ। दुई दिने अभिमुखीकरण कार्यक्रम जेठ ३१ गते सम्पन्न भएको छ। कार्यक्रममा होटल व्यवसायी, इँटाभट्टा संचालन, सवारी घनी, बाल कल्वका बालबालिका, शिक्षक शिक्षिक, महिला स्वयंमसेविका लगायतका सरोकारवालाहरु गरी ५०/६० जनाको सहभागिता थियो।
प्रतिक्रिया दिनुहोस
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved