ललकु मा.वि.मा अंग्रेजी माध्यमको पढाईमा प्रतिस्प्रधा

  • बैशाख १, २०८१
  • ५२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान वैशाख १ । मधेश प्रदेशको सिरहा जिल्लामा पर्ने लहान नगरपालिकाले श्री लक्षमण ललिता कुशवाहा माध्यमिक विद्यालय लहान ३ रघुनाथपुर विद्यालयमा गत वर्ष देखि नै अंग्रेजी माध्यमबाट पठन पाठन गर्न लागिएकोमा गत वर्ष खासै बिद्यार्थी ओगेटन नसकेपनि यस वर्ष एकै पटक ७०० जना बिद्यार्थी भाईबहिनीहरुलाई प्रतिस्प्रधात्मक हिसाबले परिक्षा लिएर भर्ना गर्ने भएको छ उक्त विगत वर्ष सुरुवातीको बेला जम्मा २३९ जना विद्यार्थी लिएर संचालन गरेका थिए भने यस वर्ष एकै पटक ७०० सय जना विद्यार्थीहरुले परिक्षामा भाग लिएका छन् जसमध्ये ३५० जना विद्यार्थी भर्ना लिने लहान नगरपालिकाका शिक्षा प्रमुखले सिरहाटाइम्ससंग बताए ।

No description available.

देशमा बिभिन्न वर्गका मानिसहरुको अनेक समस्यालाई मध्य नजर गर्दै यस पालिकाले गरेको यस कार्यलाई धन्यबाद दिनै पर्छ किनकि यस सिरहा जिल्लामा खासगरि किसानहरुको संख्या बढी छन् र उहाहरुसंग पैसाको अभाव त्यतिकै छन् तर उहाहरुको इक्षा हुन्छ राम्रो विद्यालयमा आफ्ना नानिबाबुहरुलाई पढाउने तर पैसाको कमिकमजोरीले गर्दा पढाउँन सकिरहेको हुदैन त्यसैलाई ध्यानमा राखी यस नगरपालिका मेयर महेश चौधरी,शिक्षा शाखा  प्रमुख सहित यो विद्यालयका स्रोत व्यक्ति मनोज कुमार यादवको सहमतिमा यो निर्णय लिएको थियो ।

No description available.

समसामयिक विषयवस्तुहरुमा छलफल गर्ने क्रममा धेरै शिक्षकहरुले हाल सामुदायिक विद्यालयहरुमा अंग्रेजी भाषालाई सबै विषयको माध्यम भाषा बनाउँदा समग्र पठनपाठन नै अप्रभावकारी बन्न पुग्नेतर्फ चिन्ता र चासो व्यक्त गरेका थिए । दक्ष शिक्षकविनाको शिक्षण सिकाइले विद्यार्थीहरुको सिकाइमा प्रतिकुल असर पर्ने मत धेरै शिक्षकहरुले जाहेर गरेका थिए । संघीयता कार्यान्वयनपछि गठन भएका धेरै स्थानीय सरकारहरुले आफ्ना ऐन र नियमहरुमा सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यमबाट नै पठनपाठन गर्नुपर्ने नीतिगत व्यवस्था गरेका छन् । अभिभावक र विद्यार्थीहरुको रोजाइमा पनि अंग्रेजी माध्यमबाट पढाइ हुने विद्यालय नै प्राथमिकतामा पर्न थालेका हुन् । पछिल्लो समग्र अंग्रेजी माध्यमको शिक्षालाई शैक्षिक गुणस्तरसँग दाँज्ने प्रचलन बढ्दो छ । अझ धेरै सामुदायिक विद्यालयले विद्यार्थीलाई निजी विद्यालयमा जानबाट रोक्नका लागि पनि नेपाली माध्यमको सट्टा अंग्रेजी माध्यमबाट शिक्षण गर्न सुरु गरेका हुन् ।

No description available.

अंग्रेजी माध्यमबाट शिक्षा दिनुलाई धेरैले समयको मागको रुपमा लिएका छन् । यसै सन्दर्भमा विद्यालयहरुमा अंग्रेजी भाषालाई माध्यम भाषा बनाउँदा आइपर्ने समस्या र संभावनाहरुको चर्चा यस आलेखमा गरिन्छ । हाम्रा विद्यालयहरुमा अंग्रेजीलाई विषय र शिक्षण गर्ने माध्यम दुवै रुपमा लिइन्छ । विषयको सुरुमा सामुदायिक विद्यालयमा अंग्रेजी कक्षा १ देखि नै अनिवार्य विषयको रुपमा छ  विषयको रुपमा अंग्रेजी शिक्षण गर्दा अंग्रेजी भाषामा नै शिक्षण गर्नुपर्दछ  र गर्ने गरिन्छ पनि  अंग्रेजी बाहेक अन्य विषयहरु नेपाली भाषाको माध्यमबाट शिक्षण गर्ने गरिन्छ ।

No description available.

निजी विद्यालयहरुमा भने नेपाली बाहेक अन्य सबै विषयहरु अंग्रेजी माध्यमबाट पढाइ हुने गर्दछन् निजी विद्यालयकै शैलीमा अहिले धेरै सामुदायिक विद्यालयहरुमा पनि नेपाली बाहेकका विषयहरु अंग्रेजी माध्यमबाट पढाउने क्रम बृद्धि भएको छ तसर्थ विद्यालयमा अंग्रेजी भाषालाई शिक्षणको माध्यम बनाउनु भनेको अंग्रेजी बाहेकका अन्य विषयहरु सामाजिक, नैतिक, स्वास्थ्य, जनसंख्या, गणित, विज्ञान, लेखा, कम्प्युटरलाई पनि अंग्रेजी भाषामा नै पढाउनु भन्ने बुझिन्छ ।विद्यालय शिक्षा अंग्रेजी भाषामा प्रदान गर्ने प्रचलन विश्वव्यापी रुपमा बढ्दो छ । यसका केही निश्चित कारणहरु छन् ।

यसो हुनुमा अभिभावकहरुको चाहना र माग नै प्रमुख रुपमा आउने गर्दछ । अंग्रेजी भाषा अन्तरराष्ट्र्रिय भाषा हो जसको प्रभाव विश्वव्यापीकरण र आधुनिक सूचना प्रविधिको विकाससँगै हरेक क्षेत्रमा विस्तार भइरहेको छ । विश्व बजारमा अंग्रेजीको ज्ञानलाई अपरिहार्य मानिन्छ । अर्को कुरा, अंग्रेजी भाषाको माध्यमले हाम्रो ज्ञानको क्षेत्र विस्तारमा महत्वपूर्ण मद्दत पुग्छ । संसारमा धेरैजस्तो पुस्तक, पत्रपत्रिका अंग्रेजी भाषामा प्रकाशित भएका छन् । साथै अंग्रेजी भाषाको माध्यमले हामीलाई इन्टरनेटको अथाह संसारमा पहुँच पु¥याउँछ । संसारमा सबैभन्दा बढी हेरिने र प्रयोग गरिने वेवसाइटहरु अंग्रेजी भाषामा नै छन् । अंग्रेजी भाषाको ज्ञानविना ती इन्टरनेटमा भएका ज्ञानका सामग्री र जानकारीहरुको पहुँच सम्भव हुँदैन । अंग्रेजी भाषाको कुटनीति, व्यापार, शिक्षा, सूचना प्रविधि, विज्ञान, मनोरञ्जन, चिकित्सा, विज्ञान, इन्जिनियरिङ, पर्यटन, वैदेशिक अध्ययन, कानुन, आमसञ्चारजस्ता हरेक क्षेत्रमा भएको छ । यो भाषा विश्वकै लोकप्रिय सम्पर्क भाषा हो । यसरी सूचना प्रविधि र विश्वव्यापीकरणको यस युगमा अंग्रेजी भाषाको महत्वलाई नकार्न सकिँदैन ।

हाम्रो समाजमा अंग्रेजीको ज्ञानलाई प्रतिष्ठासँग जोडेर हेर्ने प्रचलन पनि छ । धेरैका लागि अंग्रेजी जान्नु भनेको शिक्षित र आधुनिक हुनु हो । जति बढी अंग्रेजी जान्यो त्यति नै उच्च शिक्षा र रोजगारीको अवसर बढी हुने विश्वास पनि व्याप्त छ । अंग्रेजीमा शिक्षा हाँसिल गर्नु भनेको गुणस्तरीय शिक्षा हाँसिल गर्नु हो भन्ने बुझाई धेरै अभिभावक र विद्यार्थीहरुमा छ । धेरै विद्यालयहरुको बुझाइमा शैक्षिक गुणस्तर खस्कनुमा अंग्रेजी माध्यममा शिक्षण सिकाइ क्रियाकलाप हुन नसक्नु हो भन्ने छ । यी र यस्तै कारणहरुले गर्दा नेपालका सामुदायिक विद्यालयहरुमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने गरेको पाइन्छ ।

तर हाम्रो जस्तो बहुभाषिक समाजमा विद्यालय शिक्षा अंग्रेजी भाषाको माध्यमबाट प्रदान गर्ने विषय विवादरहित भने छैन । विज्ञहरुका अनुसार बालबालिकाको प्रारम्भिक पढाइ उनीहरुकै मातृभाषामा सुरु गर्नुपर्दछ । बालबालिकाहरुलाई उनीहरुले बुझ्ने भाषामा शिक्षण गर्नाले नै विषयवस्तुको ज्ञान सही तरिकाले दिन सकिन्छ । भाषा बुझिएन भने विषयवस्तु पनि बुझ्न सकिँदैन । परिणामस्वरुप सिकाइ अपुरो र अधुरो हुन पुग्छ । अहिलेको समयमा सिकाइको महत्वपूर्ण पाटो छलफल र अन्तक्र्रिया पनि हो । सिकाइको माध्यम अंग्रेजी मात्र बनाउँदा कतिपय सिर्जनात्मक विषयहरु जस्तै कला, सामाजिकमा छलफल र अन्तक्र्रिया नहुने भएपनि भाषिक समस्याले सीमित हुने गरेका गुनासाहरु पनि आएका छन् ।

कतिपय अवस्थामा शिक्षकले कक्षामा गएर पाठ मात्र पढ्ने तर छलफल र अन्तक्र्रिया नहुने समेत पाइएको छ । ग्ल्भ्क्ऋइ का अनुसार बालबालिकाहरुले आफूले बुझ्ने भाषा अर्थात् मातृभाषामा सिक्न पाए भने उक्त सिकाइ प्रभावकारी हुन्छ । फलस्वरुप त्यो सिकाइ रचनात्मक, सिर्जनात्मक, मौलिक र तार्किक बन्न सक्दछ । निश्चित उमेर पूरा भएपछि मातृभाषामा सिकेको ज्ञानलाई अन्य भाषामा स्थानान्तर गर्न सकिन्छ । यही मान्यतामा आधारित रहेर शिक्षा विभागले पनि कक्षा ३ सम्मको शिक्षा मातृभाषामा दिने, कक्षा चार र पाँचमा नेपाली माध्यमबाट शिक्षण गर्ने, कक्षा छ देखि अंग्रेजी माध्यमको प्रयोग सुरु गरी कक्षा नौ बाट पूर्ण रुपमा अंग्रेजी माध्यमको प्रयोग गर्न सकिने निर्देशन जारी गरेको थियो ।

नेपालमा जस्तो बहुभाषिक समुदायको बाहुल्यता रहेको देशमा विना तयारी र योजना विना अंग्रेजी माध्यम अपनाउँदा विभिन्न समस्या आइपर्ने कुरा विभिन्न अनुसन्धानहरुले देखाएका छन् । अंग्रेजी एउटा भाषा हो । हामीले विद्यालयमा पढ्ने भनेको ज्ञान, सीप र दक्षताको अभिवृद्धिका लागि हो । कुन भाषामा ज्ञान, सीप र दक्षता हाँसिल भयो भन्ने कुरा प्रधान होइन, मुख्य कुरा त पाठ्यक्रमले निर्दिष्ट गरेका उद्देश्यहरु प्राप्त भए कि भएनन् भन्ने हो । अर्को कुरा विना ज्ञानको भाषिक दक्षताको अर्थ पनि रहँदैन । अनिवार्य विषयको भाषा नै शिक्षण गर्नु पर्दछ । तर अन्य विषयलाई विद्यार्थीहरुले बुझ्ने भाषामा पढाउनुपर्ने मान्यता पनि रहेको छ ।
विद्यालयमा सबै विषयहरु अंग्रेजी माध्यमबाट शिक्षण गर्न सबै विद्यालयका लागि अंग्रेजी भाषामा दक्ष र योग्य शिक्षकहरुको आवश्यकता पर्दछ । अंग्रेजी भाषामा दक्ष नभई अंग्रेजी विषयवस्तु पढाउन सम्भव हुँदैन । साथै भाषिक अवरोधका कारण बालबालिकाहरुलाई घरपरिवारबाट समेत पढाइमा सहयोग पुगेको हुँदैन । अझ नेपाली बाहेक अन्य भाषिक विद्यार्थीहरुले मातृभाषा नेपाली र अंग्रेजी गरी ३ वटा भाषा एकैपटक सिक्नुपर्दा सिकाइ झन् बोझिलो हुन जान्छ । फलस्वरुप विद्यार्थीको अभिव्यक्ति सीप कमजोर हुन जान्छ ।

त्यसो हो भने के हाम्रा विद्यालयहरुमा अंग्रेजी माध्यम अपनाउनु बेठीक हो त ? पक्कै पनि होइन । आजको प्रविधि र विश्वव्यापीकरणको युगमा अंग्रेजी भाषाको ज्ञान सबैलाई हुन जरुरी छ । कतिपय उच्च शिक्षाका विषयहरु जस्तै विज्ञान, इन्जिनियरिङ, चिकित्सा विज्ञान अंग्रेजी भाषाकै माध्यमबाट पढाइने हुनाले पनि विद्यालयस्तरमै अंग्रेजी भाषाको सिकाइ प्रभावकारी बनाउनुपर्ने हुन्छ । यसकारण विद्यालयमा अंग्रेजी भाषाको प्रयोग स्वागतयोग्य छ । बरु मुख्य सवाल यसलाई कसरी प्रभावकारी बनाउने भन्ने हो । यसका लागि सबैभन्दा पहिले विद्यालयहरुमा अंग्रेजी भाषाका दक्ष शिक्षकहरुको व्यवस्था सबै विषयहरुमा गर्नुपर्दछ । शिक्षकहरुको दक्षता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्नु पर्दछ । विद्यालयहरुमा उपर्युक्त पाठ्यपुस्तकको व्यवस्था गरी प्रशस्त शैक्षिक सामग्रीको व्यवस्था गर्नुपर्दछ ।

शिक्षण सिकाइमा आधुनिक सूचना प्रविधिको प्रयोगलाई जोड दिनुपर्दछ । शिक्षणको माध्यम भाषा बारे सरकारी नीतिमा एकरुपता र प्रष्टता हुन जरुरी छ । भाषा माध्यमकै कारणले देशमा दुई किसिमका विद्यालयहरु रहेका छन् । हाल गठन भएका स्थानीय सरकारहरुको शैक्षिक नीतिमा पनि एकरुपता पाइँदैन । यस सम्बन्धी स्थानीय तहहरु पनि स्पष्ट हुन जरुरी छ । साथै विद्यालयहरु पनि अंग्रेजी माध्यमबाट शिक्षण गर्नुको औचित्य बारे प्रष्ट हुन जरुरी छ । यस अवस्थामा स्थानीय भाषाहरुको शैक्षिक प्रयोग के हुने हो त्यसबारे पनि नीतिगत रुपमै सम्बोधन गर्नुपर्ने हुन्छ । साथै यस सम्बन्धी प्रारम्भिक अनुसन्धान गर्नु उपर्युक्त हुन्छ । यी कुराहरु गर्न सकियो भने मात्रै विद्यालयहरुमा अंग्रेजी माध्यमको प्रयोग प्रभावकारी हुन्छ ।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा नागरि ...

उमेश कुमार साह सप्तरी जेष्ठ ०८ । सप्तरीको बोदे बर्साईन नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापन ...

बाबा प्रेम दासको समा ...

रहमुल लहान ८ जेठ । सिरहाको लहान न.पा.१४ पिडरबोनीको बाबा प्रेम दासको ३ दिन अगाडी प्रसारण भएको समाचार ...

कृष्णनगरमा जेष्ठ नाग ...

कपिलवस्तु, जेष्ठ ८ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा आज नागरिक स्वास्थ्य प्रवर्धन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१