Siraha Times
ताजा समाचार

“अब सेवा प्रवाह अझ प्रभावकारी हुन्छ” : लहान–९ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन, मेयर चौधरी

  • वैशाख ३१, २०८३
  • ४६३ पटक पढिएको
  • रहमुल
alt

रहमुल, लहान, ३१ वैशाख । सिरहाको लहान नगरपालिका–९ मा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन सम्पन्न भएको छ। भवनको उद्घाटन नगर प्रमुख महेश चौधरी र वडा अध्यक्ष घुरन चौधरी ले संयुक्त रूपमा गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष घुरन चौधरीले लामो समयदेखि स्थानीयवासीले सेवा लिन विभिन्न समस्या र सास्ती खेप्दै आएको उल्लेख गर्दै अब नयाँ भवन सञ्चालनमा आएपछि वडा कार्यालयबाट सेवा प्रवाह सहज, छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गरे।

उनले नागरिकलाई व्यवस्थित तथा गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले भवन निर्माण गरिएको बताए। नयाँ भवन सञ्चालनसँगै प्रशासनिक कामकाज थप व्यवस्थित हुने तथा सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा बोल्दै नगर प्रमुख महेश चौधरीले नागरिकलाई आफ्नै वडाबाट सहज र गुणस्तरीय सेवा उपलब्ध गराउनु नगरपालिकाको प्राथमिकता रहेको बताए। उनले आधुनिक र सुविधासम्पन्न वडा कार्यालय निर्माणले स्थानीय सरकारप्रति नागरिकको विश्वास अझ मजबुत बनाउने उल्लेख गरे।

मेयर चौधरीले विकास निर्माणसँगै सेवा प्रवाहलाई पनि प्रभावकारी बनाउने अभियान अन्तर्गत विभिन्न वडामा पूर्वाधार विस्तारको काम भइरहेको जानकारी दिँदै आगामी दिनमा नगरका सबै वडामा नागरिकमैत्री सेवा प्रणाली लागू गरिने बताए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

श्री सरस्वती सामुदाय ...

उमेश कुमार साह सप्तरी असोज ३ । श्री सरस्वती सामुदायिक सिकाई केन्द्रको दोस्रो साधारणसभा तथा सामाजिक प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१