ओम प्रकाश यादव लहान चैत्र २६ । सप्तरीमा आगलागी हुँदा लाखौको क्षती भएको हो सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ६ कडरबोनामा आज करिब दिनको १२ बजे आगलागी भएको थियो सथानीय मो. नाजिरको छोरा मो. गफारको घरबाट आगलागी भएको थियो । मो. गफारको घरमा सोमबार अपरान्ह भएको आगलागीमा दुई तले टिनको घर जल्दा करिब १८ / २० बराबरको क्षती भएको पिडित गफारले जनाए ।
आगलागी घर नजिकै रहेको बारीबाट भएको थियो जुन बेला घरको कुनै पनि सदस्य घरमा थिएन मान्छे नभएको बेला अचानक आगलागी भएको गाउले जनाएको छ । आगलागिमा घरमा भएका सम्पूर्ण लत्ताकपडा खाद्यान्न तथा घरमा भएका अन्नपात लत्ता कपडाका साथै घर छेउमा राखीएको एउटा मोटरसाइकलमा समेत क्षती भएको र आगलागीमा मानिसलाई भने केही नभएको सथानीय जीवन कुमार रामले सिरहाटाइम्सलाई जानकारी गराए । दलितहरुको बसोवास रहेको बस्तिमा आगलागी भएको बेला बाक्लो बस्ति भएकै कारण वारुणयन्त्र उक्त स्थानमा पुग्न नसकेपछी आगो प्रहरीको सकृयतामा र स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाए ।
प्रतिक्रिया दिनुहोस
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved