ताजा समाचार

भगवानपुरको बालासुन्दरी मन्दिरमा सरसफाइ सम्पन्न

  • चैत २६, २०८०
  • १००३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम
सिराहा - सिरहाको भगवानपुर गाउँपालिका -१ स्थित रहेको शक्तिपिठको रुपमा श्री बालासुन्दरी भगवती मन्दिरको प्राङ्गणमा सोमबार सरसफाइ सप्पन्न गरेको छ। श्री बालासुन्दरी भगवती चैत्र नवरात्रा पर्यटन महोत्सव २०८० को अवसरमा जय मा श्री बालासुन्दरी भगवती ट्रस्टले मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।

भगवानपुर गाउँपालिका भित्र रहेको विभिन्न संघ संस्था, भगवानपुर बजार समिति तथा बालासुन्दरी नगरवासीको सहकार्यमा मन्दिर परिसर र मन्दिरको सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। ट्रस्टका अध्यक्ष रमेन कुमार मण्डलको सभापतित्वमा तथा भगवानपुर गाउँपालिकाका अध्यक्ष श्री उग्र नारायण यादवको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा नेकपा एसका प्रतिनिधि चन्द्र नारायण यादव,शस्त्र बेस क्याम्प ठाडीका डिएसपी धर्मेन्द्र बमजन,अस्थाई प्रहरी पोस्ट भगवानपुरका प्रमुख वाडा -१ का भुतपुर्व वाडा अध्यक्ष श्री बद्री नारायण यादव, वाडा-३ का वाडा अध्यक्ष बिनोद कुमार यादव, विभिन्न राजनीति दलका प्रतिनिधि , स्थानीय गाउँबासी, पत्रकार लगायतको उपस्थितीमा सरसफाइ सम्पन्न गरेको ट्रस्टका अध्यक्ष रमेन कुमार मण्डलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

लहानमा रहेको भूमिगत ...

ओम प्रकाश यादव, लहान, असोज २१ । मधेश प्रदेश सरकारको ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले लहान नगरप ...

सिरहाको वार्षिक स्वा ...

रहमुल, लहान, २१ असोज । आर्थिक वर्ष २०८२/०८३ मा सिरहा जिल्लाभर सञ्चालन तथा सम्पन्न गरिएका स्वास्थ्यसम ...

स्नेह वृद्धा आश्रमको ...

रहमुल, लहान, २१ असोज । सिरहाको लहानमा रहेको स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन भव्य तथा उत्साहपूर्ण व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤