पाठेघर खस्ने समस्याको स्क्रिनिङ्ग शिविर संचालन

  • चैत्र २५, २०८०
  • ५९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शोभा कुमारी गुप्ता लहान,चैत २५ गते । लहान नगरपालिकाको आयोजनामा महिलाहरुको पाठेघर ( अङ्ग ) खस्ने समस्याको निःशुल्क स्क्रिनिङ्ग शिविर लहानका मेयर महेश प्रसाद चौधर र उपमेयर राम चलितर महतोद्धारा उद्धघाटन गरिएको छ । अधारभूत स्वास्थ्य सेवा केन्द्र लहान ५ मा संचालन भएको शिवरमा सयौ जना महिलाहरु पाठेघरका समस्यालाई चेकअप गराउन घण्टौ समय लाईनको पातीमा वस्न बाध्य भएको छ । 

शिविरमा सहज रुपमा सेवा दिनको लागि पहिला देखि बिरामीको नामलिस्टको प्रक्रिय नअपनाएकोले हवात्तै भिड् भएको छ । तिव्ररुपमा चेकजाँच गर्न भ्याईनभ्याएको अवस्था हेरेर स्थानिय स्रोतले भन्छ कि यस्तो शिविरलाई बडा–वडामा निरन्तरता दिदाँ भोलिका दिनमा पाठेघर खस्ने बिरामी कम हुने गुनासो आएको छ । स्वास्थ्य संयोजक रमानन्द चौधरीले भने महिलाहरुले गोप्य अंगको रोगलाई दवाएर राख्ने भएकोले अकाल मृत्युका घटना भैरहेको छ भने धेरै महिलाहरु आर्थिक अभावको कारणले पाठेघरक्यान्सरवाट पिडित रहेको छ ।

शिक्षाको अभावमा महिलाहरुले आफना समस्या परिवारका सदस्यवाट छुपाएर राख्ने भएकोले महिलाहरुलाई स्वास्थ्य सम्वन्धि जनचेतना हुनु जरुरी छ । त्यस्तै लहानका मेयर महेश प्रसाद चौधरीले भने सवास्थ्य र शिक्षामा आबश्यकता अनुसारको वजेट छुटयाएर नगरपालिकाले आँखा उपचारका निःशुल्क शिविर र रक्तचाप र सुगर जस्ता बिरामीलाई चेकजाँच गर्न घरदैलो कार्यक्रम संचालनमा ल्याएको छ । जटिल किसिमको बिरामी उपचार गराउन धरान बिराटनगर काठामाण्डौ रिफ नहोस भनी भावना राख्दै लहान नगरपालिकाले सुविधासम्पन्न नगर अस्पताल एक वर्षमा नै संचालनमा आउने जस्ता अश्वासन दिएको छ । 

आज पाठेघर खस्ने समस्याको निःशुल्क स्क्रििनिङ्ग शिविरमा स्त्री रोग बिशेषज्ञय डा.सविना पौडेल र कुशुम यादवले लहान नगरपालिकाको आयोजनामा स्वास्य सेवा दिईरहेको छ । स्तन क्यान्सर र पाठेघर क्यान्सर बर्तमान समयको जटिल रोग बन्दै गएको अवस्थालाई लहान नगरपालिकाले स्वास्थ्य क्षेत्रमा ध्यन दिएको छ । सानै उमेरमा बच्चा जन्माउँदा र कमै दिनको फरक हुने गरी लगातार बढी बच्चा जन्माउदा पाठेघर घस्ने समस्या हुन्छ र प्रजन्न अंगको पूणरुपमा बिकास नभएकै अवस्थामा बच्चा राख्दा गर्भवती महिलाहरुलाई धेरै कष्ट भोग्नु पर्ने हुन्छ त्यसैले आफनो शरिरमा ख्याल राख्नु जरुरी छ । यो कार्यक्रममा सयौ जना पाठेघरका बिरामीहरु छन तर सवैलाई अप्रेसन गर्न सम्भव छैन । पाठेघरवाट सेतोपानी लगातार आईराख्ने जस्ता रोगवाट पिडित महिलाहरु स्वास्थ्य चौकीमा स्त्रीरोग बिशेज्ञसँग सल्लाह सुझाव लिनु पर्छ भने कुरा स्वास्थ्य तथा शिक्षा बिज्ञ महेश्वरी चौधरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सप्तरीको अग्निपीडितल ...

सप्तरी , बैशाख २० । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सप्तरीको महादेवा गाउँपालिका-१ चिम्ट ...

अन्तरक्रिया गरी मनाइ ...

सन्जु कुमारी दास लहान वैशाख २० । मर्यादित काम , श्रमको सम्मान , हाम्रो अभियान भन्ने मुल नारा का साथ, ...

अध्यक्षसहित ७५ जना क ...

लहान वैशाख २० । सिरहाका लक्ष्मीपुर पतारीमा जनता समाजवादी पार्टीमा पार्टी प्रवेश कार्यक्रम भव्यताका स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१