Siraha Times
ताजा समाचार

पाठेघर खस्ने समस्याको स्क्रिनिङ्ग शिविर संचालन

  • चैत २५, २०८०
  • ९४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शोभा कुमारी गुप्ता लहान,चैत २५ गते । लहान नगरपालिकाको आयोजनामा महिलाहरुको पाठेघर ( अङ्ग ) खस्ने समस्याको निःशुल्क स्क्रिनिङ्ग शिविर लहानका मेयर महेश प्रसाद चौधर र उपमेयर राम चलितर महतोद्धारा उद्धघाटन गरिएको छ । अधारभूत स्वास्थ्य सेवा केन्द्र लहान ५ मा संचालन भएको शिवरमा सयौ जना महिलाहरु पाठेघरका समस्यालाई चेकअप गराउन घण्टौ समय लाईनको पातीमा वस्न बाध्य भएको छ । 

शिविरमा सहज रुपमा सेवा दिनको लागि पहिला देखि बिरामीको नामलिस्टको प्रक्रिय नअपनाएकोले हवात्तै भिड् भएको छ । तिव्ररुपमा चेकजाँच गर्न भ्याईनभ्याएको अवस्था हेरेर स्थानिय स्रोतले भन्छ कि यस्तो शिविरलाई बडा–वडामा निरन्तरता दिदाँ भोलिका दिनमा पाठेघर खस्ने बिरामी कम हुने गुनासो आएको छ । स्वास्थ्य संयोजक रमानन्द चौधरीले भने महिलाहरुले गोप्य अंगको रोगलाई दवाएर राख्ने भएकोले अकाल मृत्युका घटना भैरहेको छ भने धेरै महिलाहरु आर्थिक अभावको कारणले पाठेघरक्यान्सरवाट पिडित रहेको छ ।

शिक्षाको अभावमा महिलाहरुले आफना समस्या परिवारका सदस्यवाट छुपाएर राख्ने भएकोले महिलाहरुलाई स्वास्थ्य सम्वन्धि जनचेतना हुनु जरुरी छ । त्यस्तै लहानका मेयर महेश प्रसाद चौधरीले भने सवास्थ्य र शिक्षामा आबश्यकता अनुसारको वजेट छुटयाएर नगरपालिकाले आँखा उपचारका निःशुल्क शिविर र रक्तचाप र सुगर जस्ता बिरामीलाई चेकजाँच गर्न घरदैलो कार्यक्रम संचालनमा ल्याएको छ । जटिल किसिमको बिरामी उपचार गराउन धरान बिराटनगर काठामाण्डौ रिफ नहोस भनी भावना राख्दै लहान नगरपालिकाले सुविधासम्पन्न नगर अस्पताल एक वर्षमा नै संचालनमा आउने जस्ता अश्वासन दिएको छ । 

आज पाठेघर खस्ने समस्याको निःशुल्क स्क्रििनिङ्ग शिविरमा स्त्री रोग बिशेषज्ञय डा.सविना पौडेल र कुशुम यादवले लहान नगरपालिकाको आयोजनामा स्वास्य सेवा दिईरहेको छ । स्तन क्यान्सर र पाठेघर क्यान्सर बर्तमान समयको जटिल रोग बन्दै गएको अवस्थालाई लहान नगरपालिकाले स्वास्थ्य क्षेत्रमा ध्यन दिएको छ । सानै उमेरमा बच्चा जन्माउँदा र कमै दिनको फरक हुने गरी लगातार बढी बच्चा जन्माउदा पाठेघर घस्ने समस्या हुन्छ र प्रजन्न अंगको पूणरुपमा बिकास नभएकै अवस्थामा बच्चा राख्दा गर्भवती महिलाहरुलाई धेरै कष्ट भोग्नु पर्ने हुन्छ त्यसैले आफनो शरिरमा ख्याल राख्नु जरुरी छ । यो कार्यक्रममा सयौ जना पाठेघरका बिरामीहरु छन तर सवैलाई अप्रेसन गर्न सम्भव छैन । पाठेघरवाट सेतोपानी लगातार आईराख्ने जस्ता रोगवाट पिडित महिलाहरु स्वास्थ्य चौकीमा स्त्रीरोग बिशेज्ञसँग सल्लाह सुझाव लिनु पर्छ भने कुरा स्वास्थ्य तथा शिक्षा बिज्ञ महेश्वरी चौधरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१