ओम प्रकाश यादव लहान चैत्र १७ । मधेश प्रदेशको सिरहा जिल्ला सखुवानान्कारकट्टी गाउँपालिकामा ३ दिने योग शिविर आज सम्पन्न भएको छ । यसै गाउँपालिका वडा न. ५ महेशवारी स्वास्थ्य चौकीको प्राङ्गणमा ३ दिने योग शिविर १५ गते देखि संचालन भएको थियो नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेद ) को संयोजकत्वमा भएको शिविरमा गाउँपालिका सखुवानन्कारकट्टीले आयोजन गरेको उक्त शिविरमा सैयोको संख्यामा त्यहाँका स्थानीयहरुले सेवा लिएका छन ।

चैत्र १५ गते बाट शुरु भएको शिविर लगातार ३ दिन सम्म भएको छ । शिविरमा सखुवानन्कारकट्टी गाउँपालिकाका प्रमुख केदारनाथको यादव अध्यक्षतामा आज सम्पन्न भएको हो उक्त योग शिविरमा पालिकाका उप-प्रमुख निलम यादव, प्रमुख प्रशासकिय अधिकृत राजिव झा लगायत जनप्रतिनिधि र कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो भने मधेस प्रदेशको सबै जिल्लाबाट आधा दर्जन योग प्रशिक्षक द्वारा शिविर संचालन भैरहेको थियो ।

शिविरमा योग प्रशिक्षकहरुको भनाइ अनुसार मानव योगको अधारमा जिवन यापन गर्न सके ९५% रोग बाट मुक्ति पाउने निश्चित भएको बताएका छन भने रोगीले सजिलै रोग बाट मुक्ति समेत पाएका उनले बताए । आज यस योग शिविरको तेस्रो दिन भएको र मौसम प्रतिकुल भएको कारण सहभागी दुई सय जना आम सर्बसाधारणले योगबाट लाभ लिएर समपन्न गराए ।

स्वास्थ क्षेत्र प्रति स्थानीय सरकार गम्भिर रहेको र यसका लागी जनहितमा बिभिन्न कार्यक्रम संचालन भैरहेकोले पालिकाले गरेको सुचना प्रति नागरिक पनि गम्भिर हुन जरुरी रहेको बताउदै गा.पा. अध्यक्ष केदारनाथ यादवले बताए साथै शिविरमा पालिका बासी उल्लेखनीय रुपमा सहभागी भै सेवा लिनु आउनु भएका सम्पूर्ण सेवाग्राहीहरुलाई हार्दिक धन्यबाद समेत गरेका छन । कार्यक्रमको अध्यक्षता आरोग्य केन्द्रका प्रमुख बैध ज्योति कुशवाहाले गरेकी थिइन भने शिविरमा सहभागी सम्पुर्णको लागी चियापानको राम्रो ब्यबस्थापन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved