संजू कुमारी दास चैत्र १४ । गोलबजार नगरपालिका वडा नं. ५ मगर टोलमा जातिय छुआछुत विरुद्धको शान्ति भोज सम्पन्न भएको छ त्यस भोजमा त्यहाका स्थानीय र वडाका विभिन्न जात जातिको सहभागितामा भएको भोजमा सबै जना मिलेर खीर पकाई एकले अर्काको हातबाट खाएको हो । गत चैत्र ८ गते अन्तर्राष्ट्रिय जातिय विभेद र छुआछुत विरुद्धको दीवसका दीन , जातिय छुवाछुत विरुद्ध, “आफैबाट सुरु गरौ , जातिय विभेद अन्त्य गरौ ” नारालाई सार्थक बनाउन मुक्ति नेपाल द्वारा गठित माँ दुर्गा महिला समुह , गोलबजार ५ की महिलाहरुले शान्ति भोज आयोजना गरी पहिला आफ्नै परीवारबाट छुवाछुत हटाउनु पर्ने वाचाका साथ भोजको आयोजना तय गरेकी थिईन् ।

माँ दुर्गा महिला समुहको आयोजना र मुक्ति नेपालको सहयोगमा भएको उक्त भोजमा करीब दर्जनौ जात जातिका, अनुमानित १०० जनाको सहभागितामा सम्मपन्न भोजमा , सबै जात जातिले मिलेर पकाई सबै एउटै ताँतमा बसी खाएर सम्मपन्न भएको छ । साथै भोजमा सबै जना आ-आफ्नो घरबाट खीर पकाउन गरेको सहयोगबाट बढी भएको चामल स्थानिय विपन्न तथा एकल महिला जानकी रामलाई पनि सहयोग स्वरुप प्रदान गरीएको हो । जातिय छुवाछुत हटाउनका लागि यो शान्ति भोजले सकारात्मक संदेश सहितको सुरुआत गरेको छ , आगामी दीनमा यस्ता किसिमका कार्यक्रमहरु अरु अरु ठाउ पनि गर्न आवश्यक रहेको भोजमा सहभागि गोलबजार ८ का रामरीझन सदाको भनाई थियो भने , गोलबजार ३ का राहुल मल्लिकले खुशी हुदै भन्नु भयो , हामीलाई प्रायः भोजमा निम्तोनै आउदैन ,र आए पनि सबै भन्दा पछाडी अरु बस्ने ठाउँ भन्दा परै बसाएर खुवाउथियो , दलितकै भोज भए पनि हामीलाई छुन दीदैन थियो तर यसरी सबै जना मिलेर एउटै भाडोमा पकाई , एकै लाममा सबै जात जाति संग बसेर पहिलो चोटी खाएको छु ।

त्यस्तै दुर्गा महिला समुहकी अध्यक्ष बिनीता देवी रामले अब देखि हामी छुवाछुत मान्दैनौ मान्छे मान्छे बीचमै यसरी छुवाछुत मान्नु एक अर्कालाई अपमान गर्नु जस्तै भएकोले ,जातिय विभेद हटाउन यो हाम्रो प्रयास जारी रहने छ । अब देखि जातिय विभेद गर्दिन र गरेमा चुप बस्दिन , यस्ता विभेद विरुद्ध यो हाम्रो पहिलो पाईला अगाडी बढाएको बताउनु भयो । समाजमा विद्मान यस्ता किसिमको विभेद हटाउन यो सराहनिय काम भएको मुक्ति नेपालका कार्यक्रम संयोजक धिरेन्द्र साहको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved