रमजान पर्वको अवसरमा विपन्न परिवारलाई राहत वितरण

  • चैत १४, २०८०
  • ७१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी (बोदे बर्साईन) : चैत्र १४ गते मंगलबार :उमेश कुमार साह बोदे बर्साईन - ईस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान पर्वको अवसर पारेर नुर वेलफियर सोसाइटी खडक नगरपालिका -७ कल्याणपुरको आयोजनामा सप्तरी जिल्लाका बिधूवा, अति विपन्न गरिब असहायहरुको नाम संकलन गरि ३०० घरधुरीलाई राहत वितरण गरेको छ । नुर वेलफियर सोसाइटी खडक नगरपालिका वडा नम्बर ७ कल्याणपुर द्वारा चलाएको रमजान पर्वको अवसरमा राहत बितरण अभियानमा सप्तरीको बोदे बर्साईन नगरपालिका वडा २ स्थित जामिअतुल ईमाम अल-बुखारी कम्प्लेक्स रहमत नगरको प्राङ्गणमामा राहत वितरण गरेको थियो ।

मोहम्मद विन रासिद आल मक्तुम हुमिन्युती इस्ट दुबईको आर्थिक सहयोगमा यो राहत कार्यक्रमको गरिएको थियो। उक्त संस्थाको सहयोगमा राहत सामग्री खरिद गरिएको थियो । यो राहत सामग्री प्रत्येक घरधुरीलाई चामल २० के जि , पिठो ५ के जि , खाने तेल ५ लिटर , नुन २ के जि ,चना ५ के जि, मसुर दाल ५ के जि ,३०० जना घर धुरिलाई राहत वितरण गरेको थियो र पुन्न अर्को चरणको राहत पनि छिटै वितरण गर्ने यस संस्थाका सल्लाहकार मोहम्मद जकाउल्लाले जानकारी गराए । यो कार्यक्रम सफ़ल पार्न सहयोग गर्नु हुने र पुनः सहयोग गर्ने आशा संगै धन्यवाद ज्ञापन यस संस्थाका मोहम्मद ओलिउल्लाले व्यत गरेका थियो ।

यो कार्यक्रममाको अवसरमा बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहको प्रमुख अतिथि तथा स्थानीय नेता मोहम्मद गफुर , मोहम्मद कासिम , संस्थाका सल्लाहकार मोहम्मद रजाउला मेदनीको लगायत विभिन्न समाजसेविहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

प्रादेशिक अस्पताल सि ...

नरेशचन्द्र बरबरिया सिरहा बैशाख ०६ गते । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस्पतालमा दिनप्रतिदिन बढ्द ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

लहान एफ.सी.ले जित्यो ...

ओम प्रकाश यादव लहान, ३० चैत। सिरहाको सखुवानन्कारकटटी गाउँपालिका–१ मा आयोजित दोस्रो व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१