Siraha Times
ताजा समाचार

रमजान पर्वको अवसरमा विपन्न परिवारलाई राहत वितरण

  • चैत १४, २०८०
  • १०५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी (बोदे बर्साईन) : चैत्र १४ गते मंगलबार :उमेश कुमार साह बोदे बर्साईन - ईस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान पर्वको अवसर पारेर नुर वेलफियर सोसाइटी खडक नगरपालिका -७ कल्याणपुरको आयोजनामा सप्तरी जिल्लाका बिधूवा, अति विपन्न गरिब असहायहरुको नाम संकलन गरि ३०० घरधुरीलाई राहत वितरण गरेको छ । नुर वेलफियर सोसाइटी खडक नगरपालिका वडा नम्बर ७ कल्याणपुर द्वारा चलाएको रमजान पर्वको अवसरमा राहत बितरण अभियानमा सप्तरीको बोदे बर्साईन नगरपालिका वडा २ स्थित जामिअतुल ईमाम अल-बुखारी कम्प्लेक्स रहमत नगरको प्राङ्गणमामा राहत वितरण गरेको थियो ।

मोहम्मद विन रासिद आल मक्तुम हुमिन्युती इस्ट दुबईको आर्थिक सहयोगमा यो राहत कार्यक्रमको गरिएको थियो। उक्त संस्थाको सहयोगमा राहत सामग्री खरिद गरिएको थियो । यो राहत सामग्री प्रत्येक घरधुरीलाई चामल २० के जि , पिठो ५ के जि , खाने तेल ५ लिटर , नुन २ के जि ,चना ५ के जि, मसुर दाल ५ के जि ,३०० जना घर धुरिलाई राहत वितरण गरेको थियो र पुन्न अर्को चरणको राहत पनि छिटै वितरण गर्ने यस संस्थाका सल्लाहकार मोहम्मद जकाउल्लाले जानकारी गराए । यो कार्यक्रम सफ़ल पार्न सहयोग गर्नु हुने र पुनः सहयोग गर्ने आशा संगै धन्यवाद ज्ञापन यस संस्थाका मोहम्मद ओलिउल्लाले व्यत गरेका थियो ।

यो कार्यक्रममाको अवसरमा बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहको प्रमुख अतिथि तथा स्थानीय नेता मोहम्मद गफुर , मोहम्मद कासिम , संस्थाका सल्लाहकार मोहम्मद रजाउला मेदनीको लगायत विभिन्न समाजसेविहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१