ताजा समाचार

वीरगंजको लिंकरोडमा “पब्लिक पैथ ल्याब एण्ड पोलिक्लिनिक”को उदघाटन सम्पन्न

  • चैत १०, २०८०
  • १११५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज १० चैत्र। वीरगंज लिंकरोड स्थित कुमु प्यालेसको सामुने पब्लिक पैथ ल्याब एण्ड पोलिक्लिनिक शुक्रवार देखि सञ्चालनमा आएको छ । सिनियर मेडिकल ल्याब टेक्नोलोजिष्ट बिपिन कुमार चौरसियाले सञ्चालनमा ल्याएका ल्याब एण्ड पोलिक्लिनकको उदघाटन गर्दै नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्स डा. चितरञ्जन साहले यहाँ आधुनिक उपकरण सहितको मेशिन भएकोले रिजल्ट पनि राम्रो आउनेमा विश्वास व्यक्त गरे ।

उदघाटन समारोहका प्रमुख अतिथि डा. साहले चिकित्सकहरुले कुनै पनि बिरामीको उपचार गर्दा ल्याबको रिपोर्ट महत्वपूर्ण आधार हुने हुँदा गम्भिर भएर काम गर्न सुझाएका थिए । यस ल्याबका प्रमुख चौरसिया अनुभवि भएको कारण सेवाग्रहीहरुले ढुक्क भएर सेवा लिन सक्नेमा जोड दिएका थिए । करिब १५ वर्ष ल्याब क्षेत्रमा अनुभव बटुलेका प्रमुख चौरसिया वीरगंजको तराई अस्पतालमा लामो समय देखि ल्याब सञ्चालन गर्दै आएका थिए । हाल उनी नारायणी अस्पतालको ईमरजेन्सी ल्याबको ईन्चार्ज समेत हुन ।

यस ल्याबमा बिसिजि, थाईराईड फनसन, लिपिड प्रोफाईल, लिभर फनसन, किडनी फनसन, ट्युमर मार्कर, युरिन, स्टोल, भिटामिन्स, भिडियो एक्सरे लगायतको जाँचहरु भईरहेको सञ्चालक चौरसियाले बताए । बजारको अन्य ल्याबहरु भन्दा सस्तो, भरपर्दो र गुणस्तरीय सेवाहरु आफुले दिने चौरसियाले बताए । उदघाटन समारोहमा क्लिनिकमा सेवा दिने डा. संयुक्ता साह, डा. दिपेश साह, डा. अनुप कृष्ण गुप्ता, डा. रबी कुमार गुप्ता, त्यसैगरी ओबिसि नेपालका केन्द्रिय अध्यक्ष तेज प्रकाश निसाद लगायतको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

लहानमा रहेको भूमिगत ...

ओम प्रकाश यादव, लहान, असोज २१ । मधेश प्रदेश सरकारको ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले लहान नगरप ...

सिरहाको वार्षिक स्वा ...

रहमुल, लहान, २१ असोज । आर्थिक वर्ष २०८२/०८३ मा सिरहा जिल्लाभर सञ्चालन तथा सम्पन्न गरिएका स्वास्थ्यसम ...

स्नेह वृद्धा आश्रमको ...

रहमुल, लहान, २१ असोज । सिरहाको लहानमा रहेको स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन भव्य तथा उत्साहपूर्ण व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤