समृद्धि फाईनान्स लिमिटेडको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  • चैत ९, २०८०
  • १२५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,चैत्र ९ । सिरहाको धनगढीमाई ७ (फूलकाहा) मा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । " protect Your Money, Secure Your Future" भन्ने मूल नाराका साथ कसहा स्थित फुलकाहामा एक दिने वित्तीय साक्षरता कार्यक्रम औपचारिक रूपमा बिहान ७ बजेदेखि थालिएको थियो । देव कुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अथिति धनगढीमाई ७ का वाडा अध्यक्ष विजय महतो , विशिष्ट अथिती राजकुमार महतो , अथितीहरु दीपेन्द्र सिंह , गोविन्द कुमार यादव , प्रदीप महतो , स्थानिय पत्रकार रोयान्टर मण्डल लगाएत स्थानिय समाजसेवी , बुद्धिजीवी र दिव्यशक्ति तरकारी पकेट कृषक समुहका सदस्यहरूको उपस्थितिमा फाइनान्सका तर्फबाट वित्तीय शिक्षा प्रदान गरिएको थियो ।

कार्यक्रममा शाखाका प्रदीप महतोले यस फाइनान्सले आम मानिसको आर्थिक विकासको लागि पुलको काम गरेको बताए । अधिकांश ग्राहक तान्न सफल यस फाईनान्सले आयोजना गरेको कार्यक्रममा स्थानियको उल्लेखनीय सहभागिता रहेको थियो जहाँ संस्थाले प्रदान गर्ने सेवा ,सुविधा ,कर्जा प्रवाह, लगायतको बारेमा व्यापक चर्चा परिचर्चा गर्दै सहभागीहरुबाट आएका जिज्ञासाहरुलाई समग्रमा संस्थाका तर्फबाट सहजतापूर्वक जबाफ प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै राजकुमार महतोले यस फाईनान्सले स्थानिय स्तरमा विश्वस्त तवरले काम गर्दै आएका कारण आम मानिसको साहाराको रूपमा स्थानियले बुझ्ने गरेको बताए । कार्यक्रममा यस फाइनान्सको योगदानलाई स्थानियले बुझेका कारण यसप्रति आकर्षण बढेको धारणा वक्ताहरुले राखेका थिए ।

विगत लामो समयदेखि कसहा बजारमा बैंकिङ सुविधा नरहेको अवस्थामा बैंकिङ कारोवारको लागी गोलबजार र धनगढी बजार जानुपर्ने स्थानियको बाध्यतालाई मलहम लगाउनका लागि कसहा बजारमा आफ्नो कार्यालय स्थापना गरेर यस ठाउँमा भएका कृषकहरुको बचत गर्ने बानीमा यस फाइनान्सका कर्मचारीहरुले पुगाएको योगदानको समेत चर्चा गरिएको थियो । कार्यक्रममा स्थानियले फाईनान्सबाट लिने कर्जाको लागि आवस्यक कागज पत्र र प्रक्रियाका बारेमा समेत थप जानकारी गराइएको थियो । आयोजित कार्यक्रमले सकारात्मक सन्देश प्रदान गरेको सहभागी एक स्थानिय कृषकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

जलवायु मैत्री गाउँ प ...

रहमुल, लहान १७ चैत्र । जलवायु परिवर्तनका बढ्दो चुनौतीसँग जुध्दै दिगो कृषि प्रणाली विकास र किसान सशक् ...

राजदेवी आधारभूत विद् ...

रहमुल, लहान १७ चैत्र । सिरहाको लहान नगरपालिका–१५ स्थित राजदेवी आधारभूत विद्यालयमा ६ कोठे आधुनि ...

SEE २०८२ केन्द्राध्य ...

रहमुल, लहान १७ चैत्र । माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ लाई मर्यादित, व्यवस्थित तथा निष्पक्ष रूपमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१