ताजा समाचार

हनुमान मन्दिरको संरक्षणमा जुटे हिन्दु सम्राट सेना

  • चैत ६, २०८०
  • ११५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान चैत्र ६ । मधेश प्रदेश सिरहा जिल्लाको लहान नगर पालिका वडा न. १० अन्तर्गत पर्ने हनुमान मन्दिरको अवस्था जिर्ण भएको छ विगत केहि वर्ष यता मन्दिरको हेरचाह तथा संरक्षण गर्ने कोहि नभए पछी लावारिस झैँ रहेको हनुमान मन्दिरमा पछिलो केहि महिना यता लागूऔषध तथा नवयुवकहरुका लागि प्रेम मिलन सेन्टर बनेको समाचार बाहिरिएको छ ।

लहान नगरपालिकाका पुर्व मेयर मुनि साहको पालामा बनेको उक्त मन्दिरको हेरचाह र संरक्षण गर्ने कोहि नभएपछि अहिले संगठित हिन्दु सुरक्षित हिन्दु भने हिन्दु सम्राट नेपालले जिम्मा लिएर मन्दिरको संरक्षण दिने भएको छ  । पछिलो समय यस मन्दिरमा लागूऔषध गर्ने नावालकहरु घुइचो बाक्लो देखे पछी हिन्दु सम्राट नेपाल केहि व्यक्तिले अग्रसर हुदै आएको हिन्दु सम्राट नेपालका सिरहा अध्यक्ष श्रीप्रसाद यादवले जनाए ।

यो हाम्रो हिन्दुहरुको आस्थासंग जोडिएको  हनुमान मन्दिर हो जहा पुजा पाठ समेत हुन् नसकेको कारण हामी सम्पूर्ण हिन्दु सम्राट सेना नेपालका संगठनहरु मिलेर यो मन्दिरलाई लागूऔषध तथा अबैध धन्दा हुने अड्डाबाट रोक्न तथा भावी पिढीका हाम्रा भाइबहिनीहरुको भविष्य बिग्रिनुबाट रोक्न हामी अगाडी आइ यो हिन्दु धर्मको हनुमान मन्दिरलाई कसरि संरक्षण दिने भनेर अघि बढेको अध्यक्षले जनाए  ।

प्रतिक्रिया दिनुहोस

लहानमा रहेको भूमिगत ...

ओम प्रकाश यादव, लहान, असोज २१ । मधेश प्रदेश सरकारको ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले लहान नगरप ...

सिरहाको वार्षिक स्वा ...

रहमुल, लहान, २१ असोज । आर्थिक वर्ष २०८२/०८३ मा सिरहा जिल्लाभर सञ्चालन तथा सम्पन्न गरिएका स्वास्थ्यसम ...

स्नेह वृद्धा आश्रमको ...

रहमुल, लहान, २१ असोज । सिरहाको लहानमा रहेको स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन भव्य तथा उत्साहपूर्ण व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤