ताजा समाचार

श्री जनता राष्ट्रिय अधारभुत विद्यालयमा सुधार शिक्षक चाहेमा सामुदायिक विद्यालय सुध्रिने पक्का

  • चैत ३, २०८०
  • १०८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान चैत्र ३  । दक्षिणी भारतीय चलचित्र म्याडम गितारानीले सामुदायिक विद्यालयमा सुधार गरिएको प्रयत्न र ती सुधार रोक्न समाजका विभिन्न तप्काले गर्ने प्रहारमा केन्द्रित छ।सन २०१९ मा रिलिज भएको चलचित्रमा सेनामा कार्यरत अभिनेत्री ज्योतिकाको मुख्य भुमिका रहेको छ।१३६ मिनेटको लामो यस चलचित्र सामुदायिक विद्यालयलाई अब्बल बनाउन कसरी उनले आफ्नो कौशल प्रस्तुत गरेका छन भने कथा वस्तुमा देखाएको छ।समाज , निजि विद्यालय संचालक राजनीतिक दल र जिम्मेवार प्रशासकको भुमिकालाई फिल्म देखाउदै गर्दा निष्ठावान शिक्षकको अठोटले गर्दा सामुदायिक विद्यालय पुनः तङग्रिएको निचोड जबर्जस्त रुपमा प्रस्तुत गरिएको छ।

मधेश प्रदेशमा अहिले साक्षरता प्रतीशत कमजोर रहेको छ।मधेस प्रदेशको साक्षरता दर ६३.५ प्रतिशत रहेको छ।मधेश प्रदेशका आठ वटै जिल्लाका १ सय ३६ स्थानीय तह अहिलेसम्म साक्षर पालिका घोषणा हुन सकेको छैन।यी अवस्थाका बिच सबै भन्दा बढी प्रष्न उठने भनेको सामुदायिक विद्यालय माथी नै हो।प्रष्न उठनु पनि स्वभाविक हो।सामुदायिक विद्यालयका शिक्षकले शिक्षक सेवा आयोग पास गरेका विभिन्न तालिम प्रशिक्षण प्राप्त गरेका र सरकारी बजेट बिद्यालयमा आईरहने भएकोले पनि प्रश्न गरिनु पर्छ।

सामुदायिक विद्यालयका शिक्षकले चाहेमा गुणस्तरमा सुधार हुने निश्चित छ । यस्तै सुधारतर्फ केन्द्रित भएको छ, श्री जनता राष्ट्रिय आधारभूत विद्यालय श्रीपुर। ५०-६० जना बालबालिका मात्र भेटाउने यो विद्यालयमा अहिले दुई सयको हराहरीमा बालबालिका आउँछन् । बालबालिका विद्यालयमा आउनुसँगै शैक्षिक गुणस्तरमा सुधार समेत भएको छ । यसो हुनमा करिब एक वर्ष अघि विद्यालयको नेतृत्व गर्न पुगेका प्रधानाध्यापक राजकुमार साह हुन।

विगत चार वर्ष देखि अहिलेसम्म विद्यालयमा व्यवस्थापन समिति नभएपछि निकै चिन्तित भएका प्रधानाध्यापक साहले विद्यालयमा बालबालिका विहिन, आधारभूत सुविधा नभएको अवस्थामा विद्यालयमा बस्नु नबस्नु सोच्दै उनी अन्तिममा विद्यालय सुधार्नुपर्ने प्रण गरे । विद्यालयको प्रध्यानाध्यापकमा एक वर्ष नवित्दै उनले बालबालिकालाई विद्यालयमा पठ्न आउन वातावरण बनाउनु सफल भए। प्रधानाध्यापक साहले देखाएको दृढ इच्छा शक्तिका कारणले अहिले सो विद्यालयमा विद्यार्थीले भरिभराउ हुन पुगेको छ ।

चालू शैक्षिक शत्रमा बालविकासदेखि कक्षा ७ सम्म १ सय ९६ बालबालिका अध्ययनरत रहेका छन् । विशेषगरी दलित समुदायका बालबालिका अध्ययनरत रहेको प्रअ साहले बताएका छन् । सतप्रतिशत विद्यार्थी उपस्थिती नभएपनि शून्यको तुलनामा ९० प्रतिशत उपस्थिती हुँदै आएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस

लहानमा रहेको भूमिगत ...

ओम प्रकाश यादव, लहान, असोज २१ । मधेश प्रदेश सरकारको ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले लहान नगरप ...

सिरहाको वार्षिक स्वा ...

रहमुल, लहान, २१ असोज । आर्थिक वर्ष २०८२/०८३ मा सिरहा जिल्लाभर सञ्चालन तथा सम्पन्न गरिएका स्वास्थ्यसम ...

स्नेह वृद्धा आश्रमको ...

रहमुल, लहान, २१ असोज । सिरहाको लहानमा रहेको स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन भव्य तथा उत्साहपूर्ण व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤