विनोद मण्डल, फाल्गुन ५ । सिरहाको धनगढीमाईमा संचालित मोतिया बिन्दुको अप्रेशनलाई तार्किक निष्कर्षमा पुगाउँनका निम्ति नगरका जिन्सी साखा प्रमुख सम्पैत यादवको अमूल्य योगदानको मूल्यांकन हुन थालेको छ । मेडिकल टिम लगाएत बिरामीको लागि आवस्यक ब्यबस्थापनका लागि उनको योगदान आज देखि विशेष मूल्यांकन हुन थालेको अवस्था रहेको देखिन्छ ।
नगरमा आगन्तुक लगाएत बिरामीहरुको खान पिन लगाएत परिसरको व्यवस्थापकीय पक्षमा यादवले बिना आराम लगातार गर्दै आएको योगदानले कुनै पनि व्यक्तिलाई नगरमा जारी शिविरको समयमा आभाव खडकिएन । संचालित सर्जिकल सहितको निःशुल्क अप्रेशनको समयमा नगरका तर्फबाट उनले आवस्यक सबै ब्यबस्थापनका लागि लागातार खटिएका थिए । स्पस्ट वक्ता र मिजासालु स्वाभावका धनी उनको लागातार सक्रियताले आम बिरामीलाई सुविधा उपलब्ध हुनबाट बिना झन्झट सहजता भएको थियो ।
सेवा अवधिभर उच्च निगरानीको भूमिकामा रहँदै आउनुभएको यादवले नगरमा कुनै अभाबको महसुस हुन दिनु भयेन । नगरले आँखा जाँच शिविरलाई तार्किक निष्कर्षमा पुगाउने ब्यक्तित्वहरुलाई उच्च मूल्याङ्कन गरेर सम्मानको लागि पहिचान गर्न भने जरुरी रहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved