मोतिया बिन्दुको अप्रेसनको व्यवस्थापकीय भूमिकामा सम्पैत यादव

  • फागुन ५, २०८०
  • ६३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, फाल्गुन ५ । सिरहाको धनगढीमाईमा संचालित मोतिया बिन्दुको अप्रेशनलाई तार्किक निष्कर्षमा पुगाउँनका निम्ति नगरका जिन्सी साखा प्रमुख सम्पैत यादवको अमूल्य योगदानको मूल्यांकन हुन थालेको छ । मेडिकल टिम लगाएत बिरामीको लागि आवस्यक ब्यबस्थापनका लागि उनको योगदान आज देखि विशेष मूल्यांकन हुन थालेको अवस्था रहेको देखिन्छ ।

नगरमा आगन्तुक लगाएत बिरामीहरुको खान पिन लगाएत परिसरको व्यवस्थापकीय पक्षमा यादवले बिना आराम लगातार गर्दै आएको योगदानले कुनै पनि व्यक्तिलाई नगरमा जारी शिविरको समयमा आभाव खडकिएन । संचालित सर्जिकल सहितको निःशुल्क अप्रेशनको समयमा नगरका तर्फबाट उनले आवस्यक सबै ब्यबस्थापनका लागि लागातार खटिएका थिए । स्पस्ट वक्ता र मिजासालु स्वाभावका धनी उनको लागातार सक्रियताले आम बिरामीलाई सुविधा उपलब्ध हुनबाट बिना झन्झट सहजता भएको थियो ।

सेवा अवधिभर उच्च निगरानीको भूमिकामा रहँदै आउनुभएको यादवले नगरमा कुनै अभाबको महसुस हुन दिनु भयेन । नगरले आँखा जाँच शिविरलाई तार्किक निष्कर्षमा पुगाउने ब्यक्तित्वहरुलाई उच्च मूल्याङ्कन गरेर सम्मानको लागि पहिचान गर्न भने जरुरी रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१