ताजा समाचार

नवराजपुर गाउपालिका प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८० शुरु

  • फागुन ५, २०८०
  • १७९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव फाल्गुन ५ । सिरहाको जिल्लाको सीमाक्षेत्रमा पर्ने  नवराजपुर गाउपालिकामा जारि प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८० हिजोबाट शुरु भएको छ । पालिका अध्यक्ष शिव उदगार यादवले रिवन काटेर प्रतियोगिताको विधिवत रुपमा उद्घाटन गरेको थियो । प्रतियोगिता नवराजपुर गाउँपालिका ५ स्थित कुर्सीन्डीको खेल मैदानमा संचालन भएको छ । 

प्रतियोगितामा पालिकाको १ देखी ५ वटै वडाको खैलाडीहरु १० वटा खेल खेलेर एकआपसमा प्रतिस्पर्धा गर्नेछन् । खेलमा प्रथम विजेता टीम लाई प्रथम सिल्ड साथै ६० हजार नगद रुपैया र उपविजेता टिमलाई दोस्रो सिल्ड ४० हजार नगद रुपैया तथा बेस्ट ब्यास्टम्याम, बेस्ट बोलर, म्यान अफ द सेरिज र फाईनल म्यान अफ द म्याच प्राप्त गर्ने खेलाडीहरुको लागी सिल्ड, मेडलको समेत व्यवस्था गरिएको छ ।

बिभिन्न क्षेत्रमा फडको मार्दै शिवउदगार यादव नेतृत्वको स्थानीय सरकार अब खेलजगतमा राम्रो अभ्यास गरिरहेको देखिन्छ र यसलाई निरन्तर जारी राखी नवराजपुरको खेलाडी राष्ट्रिय अन्तराष्ट्रिय खेल खेलेर आफ्नो पहचान बनाउन सफल होस भनि चाहना हाम्रो स्थानीय सरकारको रहेको गा.पा. अध्यक्षले हाम्रा सहकर्मीलाई बताएका छन । 

खेलको पहिलो दिन प्रतियोगिताको खेलमा पालिकाकै  वडा नम्बर १ र वडा नम्बर ५ का खेलाडीहरु बिच खेलमा वडा नम्बर १ ले टस जितेर गेन्दबाजी गर्ने रोजेको थियो भने वडा नम्बर ५ का टिमले ब्याटिङ्ग गर्दै २० ओभरका खेलमा २० ओभर समाप्त गरी १४४ रनको लक्ष्य दिईएको थियो । जबाबी ब्याटिङ्गमा वडा नम्बर १ का टिमले १६ औभरमा ६ विकेट गुमाउँदै १४५ रन पार गर्दै ४ विकेटले संदार जित हात पार्ने सफल भयो ।

May be an image of 13 people

May be an image of 9 people

May be an image of 9 people, people smiling, grass and fog

May be an image of one or more people, dais and text

प्रतिक्रिया दिनुहोस

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सुखीपुरमा १९ करोड १५ ...

रहमुल, लहान, २२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा संघीय सरकारको रु. १९ करोड १५ लाखको लागतमा निर्माण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤