वीरगन्ज ५ फाल्गुन।जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले शिक्षा नै समाज विकासकाे प्रमुख आधारस्तम्भ भएकाे बताएका छन्। वीरगन्जको श्रीपुरमा रहेकाे ओेम नेशनल एकेडेमीको नवाैं वार्षिकोत्सव समाराेहमा प्रमुख अतिथीका रुपमा सम्बाेधन गर्दै यादवले शिक्षाले नै समाजलाई समृद्ध र सभ्य बनाउने बताए ।प्रतिनिधि सभा सदस्य समेत रहेका यादवले भने,`जुन समाज शिक्षित हुदैन त्याे समाज हरेक क्षेत्रमा पिछडिएकाे हुन्छ। त्यहाँ सभ्यताकाेपनि कमी देखिन्छ ।त्यसकारण समाजलाई समृद्ध र विकसित बनाउने प्रमुख कडी शिक्षा नै हाे।´
पूर्व वनमन्त्री समेत रहेका यादवले अहिलेकाे शिक्षा प्रणालीमा रुपान्तरणकाे आवश्यकता रहेकाे ओैंल्याए।उनले भने,`केवल रटाएर पढाउनु भन्दा व्यवहारमा लागु हुनेगरि सिकाउने विधीमा शिक्षकले जाेड दिनुपर्छ।´ अहिले आधुनिक र प्रविधिको युगमा बालबालिकालाई सहि दिशा र समाज रुपान्तरण तिर अग्रसर भएर पठन पाठन र अध्यापन गर्न गराउन आवश्यक रहेको उनले बताए।
उनले ओम नेशनल ऐकेडमीले विगतदेखि शैक्षिक उत्कृष्टता सहित विद्यार्थीहरुको सर्वाङ्गीण विकासको निम्ति अनवरत रुपमा क्रियाशिल रहेको र यसले छोटो अवधिमै शैक्षिक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएको बताए । वाषिर्कोत्सव समारोहमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमपनि प्रस्तुत गरेका थिए।वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई पुरस्कार वितरण पनि गरिएको थियाे ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved