सामाजिक रूपान्तरणमा शिक्षा र विधालयको भुमिका अहम : सासंद प्रदीप यादव

  • फागुन ५, २०८०
  • ६३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगन्ज ५ फाल्गुन।जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले शिक्षा नै समाज विकासकाे प्रमुख आधारस्तम्भ भएकाे बताएका छन्। वीरगन्जको श्रीपुरमा रहेकाे ओेम नेशनल एकेडेमीको नवाैं वार्षिकोत्सव समाराेहमा प्रमुख अतिथीका रुपमा सम्बाेधन गर्दै यादवले शिक्षाले नै समाजलाई समृद्ध र सभ्य बनाउने बताए ।प्रतिनिधि सभा सदस्य समेत रहेका यादवले भने,`जुन समाज शिक्षित हुदैन त्याे समाज हरेक क्षेत्रमा पिछडिएकाे हुन्छ। त्यहाँ सभ्यताकाेपनि कमी देखिन्छ ।त्यसकारण समाजलाई समृद्ध र विकसित बनाउने प्रमुख कडी शिक्षा नै हाे।´

पूर्व वनमन्त्री समेत रहेका यादवले अहिलेकाे शिक्षा प्रणालीमा रुपान्तरणकाे आवश्यकता रहेकाे ओैंल्याए।उनले भने,`केवल रटाएर पढाउनु भन्दा व्यवहारमा लागु हुनेगरि सिकाउने विधीमा शिक्षकले जाेड दिनुपर्छ।´ अहिले आधुनिक र प्रविधिको युगमा बालबालिकालाई सहि दिशा र समाज रुपान्तरण तिर अग्रसर भएर पठन पाठन र अध्यापन गर्न गराउन आवश्यक रहेको उनले बताए।

उनले ओम नेशनल ऐकेडमीले विगतदेखि शैक्षिक उत्कृष्टता सहित विद्यार्थीहरुको सर्वाङ्गीण विकासको निम्ति अनवरत रुपमा क्रियाशिल रहेको र यसले छोटो अवधिमै शैक्षिक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएको बताए । वाषिर्कोत्सव समारोहमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमपनि प्रस्तुत गरेका थिए।वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई पुरस्कार वितरण पनि गरिएको थियाे ।

प्रतिक्रिया दिनुहोस

सिराहा सेवा समाज कता ...

ओम प्रकाश यादव लहान मंसिर १८ । सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बृहत् रक ...

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१