Siraha Times
ताजा समाचार

चमार कल्याण मलेसियाको सहयोगमा एक नेपाली स्वदेश फिर्ता

  • माघ ११, २०८०
  • ११४९ पटक पढिएको
  • रामएकवाल राम
alt

 क्वाललम्पुर, मलेसिया । सिरहा जिल्लाको मिर्चैया नगरपालिका - ७ फुलवरीयका ३९ बर्षिय श्रीदेव मोची चमारलाई चमार कल्यण समाज मलेसिया शाखाले थुनामुक्त गराई विहिवार स्वदेश फर्काएको छ ।

गैरकानुनी रुपमा बसोबास गरिरहेको अवस्थामा मलेसियाको अध्ययागमन विभागले छापा मार्दा उनलाई पक्राउ गरि जेल पठाएको थियो । श्रीदेव जेल गएपछि परिवारको सम्पर्कमा नआएपछि उनको श्रीमतिले खोजतलासका लागि निवेदन दिएको र श्रीदेवको खोजी कार्य गर्दा प्रहरीले जेलमा राखेको खबर पाएको संस्थाका महासचिव रामकिशोर महराले जानकारी दिए।

महासचिव महराका अनुसार पिडित चमारलाई जेलबाट रिहा गराउनका लागि स्थानिय प्रहरी, जेल प्रसासन , नेपाली राजदुतावाससगं लामो समन्वय गरेपश्चाप्त स्वदेश पठाउन सफल भएको संस्थाका निति अनुसन्धान विभाग प्रमुख रामबाबु चमारले जानकारी दिए । रामबाबुका अनुसार श्रीदेव नेपालको कोशी ईन्टरनेशनल सर्विस प्रा.ली. काठमाडौको म्यनपावरबाट सन २०१९ सालमा एसटिएस अलबराकहा कम्पनीमा लेवरको काम गर्न आएको जानाकारी दिए।

नेपालबाट लाखौ रुपैया लगानी गरेर विदेश श्रम गर्न गएका श्रीदेव कम्पनीकै लापरवाहीका कारण ईलिगल भएर कार्य गर्दै आईरहेको सिडब्लुएस मलेसिया शाखाका संयोजक नन्दलाल राम चमारले बताए । संयोजक नन्दलालले श्रीदेव मोचीलाई उद्दारका लागि हाम्रो टिमका सदस्य देखि लिएर सबै पदाधिकारीहरु मिलेर चन्दा जुटाएर टिकट लगाएत अन्य सबै ब्यवस्था गरेको जानकारी दिनुभयो ।

उनलाई उद्दारका लागि सिडब्लुएस मलेसिया शाखाका सहसंयोजक विनोद महरा चमार, कोषाध्यक्ष रामदयाल चमार, सचिव सुरेश राम चमार लगाएत सारा पदाधिकारीहरुले मिलेर सहयोग गरेका थिए । प्रवासी देश मलेसियामा श्रमिकहरुको उद्दार कार्यका लागि हामी नेपाली राजदुवाताससगं सहकार्य गरिरहेको र हरेक कार्यमा दुतावासका सम्पुर्ण परिवार लगायतले हामिले हरेक समस्याको समाधान गरिरहेको भन्दै महासचिव रामकिशोर महरा चमारले विशेष अभार ब्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

मारवाडी महिला मञ्च ल ...

लहान साउन ३० । मारवाडी महिला मञ्च, लहानद्वारा आयोजित सावन मेला २०८३ महिला उद्यमशीलता, आत्मनिर्भ ...

उठिबासको त्रासमा लहा ...

रहमुल, लहान, ३१ साउन । लहान नगरपालिका–३ स्थित विहारपुर टोलका स्थानीयवासी पछिल्लो समय घरजग्गा ख ...

लहान प्रादेशिक अस्पत ...

रहमुल, लहान, ३१ साउन । रा. उ.प्रादेशिक अस्पताल लहानका व्यवस्थापन समिति अध्यक्ष रामनारायण मेहताले अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१