सामाजिक, धार्मिक कार्यमा निरन्तर वाडा अध्यक्ष सरोज महतो

  • माघ ९, २०८०
  • ६०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, माघ ९ । सिरहाको धनगढीमाई १० का वाडा अध्यक्ष सरोज महतो सामाजिक कार्यका अतिरिक्त धार्मिक कार्यमा पनि निरन्तर लागिरहनु भएको छ । स्थानिय स्तरमा आयोजना हुने विभिन्न धार्मिक तथा सामाजिक कार्यहरुमा वाडा अध्यक्ष महतोको सक्रियता पछिल्लो समय बढेको अवस्था रहेको देखिन्छ । स्थानिय बजारमा आयोजना हुने धार्मिक कार्यहरुमा उनको सक्रियता सरसफाई लगाएत कलश यात्रा ,शोभा यात्रा तथा धार्मिक अनुष्ठानका लागि बढी हुने गरेको पाइन्छ ।

आफ्ना वाडाको समग्र विकास प्रति वफादार वाडा अध्यक्ष महतोले यसपटकको दशैं तिहारको पावन अवसरमा स्थानिय बजारको सरसफाई र दुर्गा पूजाको लागि समेत आफ्ना सक्रिय भूमिका देखाएका थिए । छिमेकी राष्ट्र भारतको अयोध्यामा भएको भगवान श्री रामको प्राण प्रतिष्ठाको अवसरमा धनगढीमाई १० स्थित रहेको रामजानकी मन्दिर परिसरमा आयोजित धार्मिक कार्यमा उनको सक्रियता पूर्ण भूमिकाको मूल्यांकन गरिएको छ ।

आयोजित कार्यक्रम अन्तर्गत वाडा अध्यक्ष महतो बिहानदेखि धार्मिक र्याली सहित पावन अवसरमा निकालिएको धार्मिक कार्यका लागि दिनभर व्यस्त देखिनु भएको थियो । प्राण प्रतिष्ठाको अवसरमा सिरहाको धनगढीमाई १० को धनगढी बजारमा रहेको रामजानकी मन्दिर दिनभरी भरीभराऊ र सजिसजाऊ रहेको देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१