लहानमा र्यालीसहित रथ यात्रा सम्पन्न ,साझमा दिप प्रजवलन

  • माघ ८, २०८०
  • ७१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ८ माघ । छिमेकि देश भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सोमबार सिरहा जिल्लाको लहान नगरपालिकामा निकालिएको रथयात्रा तथा विशाल र्याली लहानको राम मन्दिर देखि नगर भरि परिक्रमा गरि सम्पन्न भएको छ । भने आज साझ एघार हजार एक सय एघार दिप प्रजवलन गर्ने मारवाडी युवा समितिले जनाए ।

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सिरहा जिल्लाको लहानमा रहेको राम मन्दिर बाट सुरु भएको रथ र्याली नगरको चारैतिर बजार बस्तीहरु प्रक्रमा गरेर राम मन्दिर आएर र्याली सम्पन्न भएको थिए ।

राम मन्दिरको स्थापनाको स्वागत गर्दै नगरबासिले रथर्याली तथा आज साझ दिप प्रजवलन र विभिन्न कायक्रमहरुको तयारी गरिएको छ । राम वनवासबाट फर्किएको सम्झना स्वरुप रथ यात्रा र एघार हजार दिप प्रज्वलन कार्यक्रम राखिएको हो । भगवान राम १४ वर्षको बनवास बसेर अयोध्या फर्किदा दिप प्रजवल्न गरिएको थियो । त्यसै स्वरूप सिरहाको लहानमा रथ र्याली तथा विभिन्न कार्यक्रम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सिराहा सेवा समाज कता ...

ओम प्रकाश यादव लहान मंसिर १८ । सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बृहत् रक ...

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१