अस्पतालको बेडबाट जीवन खोज्दै चौरासी देबी महतो

  • पुस २८, २०८०
  • ६३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, पुस २८ । सिराहा जिल्लाको साबिक गाउँविकास समिति अयोध्यानगर ६ कसहा तथा हाल धनगढीमाई नगरपालिका वाडा नम्बर ८ की चौरासी देबी महतोको आगोले करिब ६० प्रतिशत शरीरको भाग जलेर घाऊ लागेको अवस्था रहेको छ । अत्यन्त नाजुक अवस्थाकी महतो ज्वरोले थला परेर लुगाको अभावले जाडोले गर्दा आफ्नो घरमा आगोको ताप्दै गरेको अवस्थामा सारीरिक अवस्थाको रूपमा समेत कमजोर रहेकी उनले लगाएको सारीमा सल्केको आगोले उनी जल्दै गरेको अवस्थामा छटपटिएर घर बाहिर आएपछि छरछिमेकमा भोज खाइरहेको मानिसहरूले उनको शरीरमा लागेको आगो निभाएका थिए । आगोले शख्त घाइते भएकी उनलाई स्थानिय अस्पतालमा तत्काल लगिएको थियो ।

अत्यन्त नाजुक अवस्थाकी चौरासी देबीलाई स्थानियको सहयोगमा काठमाण्डौ स्थित कीर्तिपुर अस्पताल लगिएको अवस्था छ तर आर्थिक अभावमा उनको उपचारमा कठिनाई भएको अवस्थामा स्थानियको सहयोगमा उनको घरमा पुगेका योगेश सिंह , राजेन्द्र यादव ,राजकुमार महतो, वाडा अध्यक्ष विजय महतो लगायतको उपस्थितिमा उनका श्रीमान राजपैत महतोलाई एक मुस्ट ७२ हजार सहयोग रकम हस्तान्तरण एक औपचारिक कार्यक्रमको बीच गरिएको छ । स्थानिय टोल बस्तिबाट संकलित रकम हस्तान्तरण गरिएको हो ।

करिब ३५ वर्षीया चौरासी देबी महतो मिति २०८०/९/१६ गते साँझको करिब छ बजेको समयमा आगो तापने क्रममा उनले लगाएको लुगामा आगो लागेर उनको करिब ६०% भन्दा बढी शरीरको भाग जली सकेको अवस्था रहेको छ । उनको घरको आर्थिक अवस्था अतिनै कमजोर भएकोले उपचार गराउन असम्भव रहेको हुँदा उनको उपचारमा आवश्यक आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध समेत गरिएको छ । हाल (burn center kritipur hospital) बर्न सेन्टर कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

"सेबा नै धर्म हो " तपाईं हाम्रो सानो सहयोगले उनको उपचारमा ठुलो राहत पुग्ने हुँदा, सहयोगको अपेक्षाका साथ चौरासी देबी महतो "बचाऊ अभियानमा" देश तथा बिदेशमा रहनु भएका सहयोगी मनहरुलाई सहयोग र शेयर गरिदिनुहुन हार्दिक अनुरोध समेत गरिएको पारिवारिक श्रोतले जनाएको छ । खता न:2398750613604001 नाम : रबिन्द्र महतो (घाइतेको देवर) Nic Asia bank, branch golbazar फोन नः 9805915455 धनगढीमाई_नगरपालिका

प्रतिक्रिया दिनुहोस

अन्तरक्रिया गरी मनाइ ...

सन्जु कुमारी दास लहान वैशाख २० । मर्यादित काम , श्रमको सम्मान , हाम्रो अभियान भन्ने मुल नारा का साथ, ...

अध्यक्षसहित ७५ जना क ...

लहान वैशाख २० । सिरहाका लक्ष्मीपुर पतारीमा जनता समाजवादी पार्टीमा पार्टी प्रवेश कार्यक्रम भव्यताका स ...

मारुती सिमेन्टले कब् ...

नवसंग्राम दैनिक लहान, २० बैशाख । चुरे तथा वन जंगल संरक्षण अभियानले आफ्ना माग राख्दै पदयात्रा शुरु गर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१