प्रदेशस्तरीय प्रथम तेक्वान्दो प्रतियोगिताको पत्रकार सम्मेलन मार्फत जानकारी

  • पुस २५, २०८०
  • ८४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, पुस २५ । सिरहाको धनगढीमाई ९ को जिरोमाईल स्थित निर्मल लामा कवर्ड हलको परिसरमा प्रदेशस्तरीय प्रथम तेक्वान्दो प्रतियोगिताको आयोजना हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । आउँदो माघ ११, १२ र १३ गते मधेश प्रदेशका आठ ओटै जिल्लाका खेलाडीहरुको सहभागितामा खेल आयोजना हुने भएको छ । प्रथम धनगढीमाई प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको व्यबस्थापक अन्तर्गत जिल्ला तेक्वान्दो कार्य समिति सिराहा रहेको छ भने आयोजक नगर स्तरीय तेक्वान्दो विकास समिती धनगढीमाई ९ को विशेष आयोजनामा हुन लागेको प्रतियोगिताको प्रायोजक धनगढीमाई नगरपालिका रहेको छ ।

आयोजना हुने प्रतियोगितामा करिब ९ टिमको सहभागिता हुने भएको छ जहाँ पुरुष तर्फ ३०-६३ केजी तौल समूह र महिला तर्फ ३०-५१ केजी तौल समूह बीच हुने प्रतियोगितामा पुरुष तर्फ करिब ११७ खेलाडी र महिलातर्फ ७३ खेलाडी सहभागी हुने बताइएको छ । करिब ८ लाख रुपैयाँ लागतमा आयोजना हुन लागेको प्रतियोगितामा जिल्ला बाहिरका प्रक्षिक्षक रहने जानकारी गराईएको छ । तेक्वान्दो कल्ब धनगढीमाईका अध्यक्ष सुरेश कुमार कार्कीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा कल्बका सचिव रमेश श्रेष्ठले प्रतियोगिताको योजना बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१