विनोद मण्डल, पुस २५ । सिरहाको धनगढीमाई ९ को जिरोमाईल स्थित निर्मल लामा कवर्ड हलको परिसरमा प्रदेशस्तरीय प्रथम तेक्वान्दो प्रतियोगिताको आयोजना हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । आउँदो माघ ११, १२ र १३ गते मधेश प्रदेशका आठ ओटै जिल्लाका खेलाडीहरुको सहभागितामा खेल आयोजना हुने भएको छ । प्रथम धनगढीमाई प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको व्यबस्थापक अन्तर्गत जिल्ला तेक्वान्दो कार्य समिति सिराहा रहेको छ भने आयोजक नगर स्तरीय तेक्वान्दो विकास समिती धनगढीमाई ९ को विशेष आयोजनामा हुन लागेको प्रतियोगिताको प्रायोजक धनगढीमाई नगरपालिका रहेको छ ।
आयोजना हुने प्रतियोगितामा करिब ९ टिमको सहभागिता हुने भएको छ जहाँ पुरुष तर्फ ३०-६३ केजी तौल समूह र महिला तर्फ ३०-५१ केजी तौल समूह बीच हुने प्रतियोगितामा पुरुष तर्फ करिब ११७ खेलाडी र महिलातर्फ ७३ खेलाडी सहभागी हुने बताइएको छ । करिब ८ लाख रुपैयाँ लागतमा आयोजना हुन लागेको प्रतियोगितामा जिल्ला बाहिरका प्रक्षिक्षक रहने जानकारी गराईएको छ । तेक्वान्दो कल्ब धनगढीमाईका अध्यक्ष सुरेश कुमार कार्कीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा कल्बका सचिव रमेश श्रेष्ठले प्रतियोगिताको योजना बारेमा जानकारी गराउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved