ओम प्रकाश यादव २४ पुष । सिरहामा रुखको हाँगा काट्ने विषयका भएको विवादले उग्ररुप लिएपछि भएको कुटपीटबाट मंगलबार एक बृद्धाको मृत्यु भएको छ। धनगढीमाई नगरपालिकामा १ सोनापुरका आफ्नै भाई गंगाप्रसाद यादव र भतिज ३२ वर्षिय जिवछको कुटाईबाट ६८ वर्षिय हेम प्रसाद यादवको मृत्यु भएको हो। रुखको हाँगा काट्ने विषयमा दाजु भाई विच भएको विवादले उग्ररुप लिएपछि भएको कुटपीटबाट घाईते हेम प्रसादलाई उपचारको लागि प्रादेशिक अस्पताल लहान पुर्याएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्र राज पाण्डेले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved