ताजा समाचार

बोदे बर्साईनमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन

  • पुस २१, २०८०
  • ११३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बोदे बर्साईन २१ पुस। सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर-७ मानराजमा नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० को श्री ५ महेन्द्र चुन्नी माध्यमिक विद्यालयको खेलमैदान मा राष्ट्रिय सभा सदस्य पूर्व कृषि तथा पशुपन्क्षी मन्त्री मृगेन्द्र कुमार सिंह यादवद्वा उद्घाटन गरिएको छ । चार दिनसम्म चल्ने उक्त प्रतियोगीतामा बोदे बर्साईन नगरपालिका ३१ वटा सामुदायिक विद्यालयबाट ४ सय ४० खेलाडिहरुले प्रतिस्पर्धा गरि रहेका छन् । प्रतियोगितामा विभिन्न खेलहरु समावेश गरिएको छ । नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० को खेलमा दौड प्रतियोगिता, भलिबल उस्सु, लङ्गजम्प, हाईजम्प, कबडी लगायतका खेलहरु समावेश भएको खलकुदका सदस्य सचिव मा.वि. मानराजा का प्राधनाध्यापक हेम किशोर यादवले जनाएको छ ।

शुक्रबार भएको उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवले स्वस्थ्यका लागि खेलुकुद भएकोले प्रत्येक माध्यमिक तहका विद्यालयमा छुट्टै खेलकुद शिक्षकको व्यवस्था गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले तत्काल नगरपालिकाले पनि आफ्नो श्रोत साधन प्रयोग गरेर पनि यस्ता रचनात्मक कार्य अगाडि बढाउन सुझाए । कार्यक्रममा बोदे बर्साईन नगरपालिका कार्यवाहक नगर प्रमुख रेणु साह, प्रमुख जिल्ला अधिकारी किरण थापा, राष्ट्रिय अनुसन्धानका अनुसन्धान उप निर्देशक सुरेन्द्र कोईराला, नेपाल पत्रकार महासंघ अध्यक्ष श्रवण देव, वडा नम्बर-७ का वडा अध्यक्ष विजय नारायण कापैर, नगर शिक्षा अधिकृत राम सागर यादव, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिगम्बर यादव, विद्यालय दाता परिवार सदस्य अजय कुमार यादव लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सुखीपुरमा १९ करोड १५ ...

रहमुल, लहान, २२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा संघीय सरकारको रु. १९ करोड १५ लाखको लागतमा निर्माण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤