निजी विद्यालय खोलेर जिमीनको ठगी धन्दा : खत्तम पढाई, भद्रगोल होस्टल, शुल्क भने चर्को

  • पुस १९, २०८०
  • ७६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा पुष १९  । निजी विद्यालयहरू विद्यार्थी लोभ्याउन र बटुल्न आफ्नो प्रचारप्रसार गर्दा अनेक आकर्षक विशेषता लेखिएका पम्प्लेट देखाउँछन् । त्यसमा विश्वास गरेर अभिभावकले निजी विद्यालयलाई विद्यार्थी पनि दिने गरेका छन् । कतिपय विद्यालयले पूर्ण रूपमा नभएपनि त्यसलाई व्यवहारमा लागू गर्ने प्रयत्न पनि गरेको हुन्छ । तर, अधिकांश निजी विद्यालयहरूले भने सरकारी विद्यालयभन्दा पनि जर्जर अवस्था राखेर विद्यार्थी र अभिभावकलाई ठग्दै आएका छन् । यस्ता उदाहरण सिरहाको मिर्चैयामा पनि थुप्रै छन्, जहाँ व्यवहारमा नभई मात्र कागजको पम्प्लेटमा विशेषता देखाएर ठगी धन्दा हुँदै आएको छ । त्यसैमध्येको एक हो - मिर्चैया नगरपालिका-६ कटारी चोकमा अवस्थित पूर्वाञ्चल सेन्ट्रल एकेडेमी ।

प्लेग्रुपदेखि कक्षा १० सम्म सञ्चालन गर्दै आएको यो विद्यालयको पम्प्लेटमा एकसेएक आकर्षक विशेषताहरू लेखिएको भएपनि व्यवहारमा भने एकरत्ति लागू गरेको छैन । पम्प्लेटको सुरुमै लेखिएको छ - दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट पठनपाठन गराइनेछ । तर, कामचलाउहरूबाट पठनपाठन भइरहेको विद्यार्थीहरूले बताएका छन् । कक्षा कोठाहरू पनि भद्रगोल छन् । कतिपय कोठामा त विद्यार्थीलाई भूइँमै बसाएर कक्षा सञ्चालन गरिँदै आएको छ । होस्टल पनि अस्तव्यस्त छ । खानेकुरा पनि निम्नस्तरको दिने गरेको छ । अहिलेको कठ्यांग्रिदो जाडोमा त विद्यार्थीहरू झन् समस्या झेलिरहेका छन् ।

विद्यार्थी माग्न आउने बेलामा विद्यार्थीको सर्वांगिन विकासका निम्ति थुप्रा विशेषताका पुलिन्दा देखाएपनि व्यवहारमा थोरै पनि नदेखिएपछि अभिभावकहरू ठगिएको महसुस गर्दैछन् । एक अभिभावकले नाम नबताउने शर्तमा भने, 'न व्यवस्थित छ, न पढाई छ, होस्टल पनि खत्तम छ, विद्यालयले विद्यार्थी लिने बेला भनेको केही पनि छैन, विद्यार्थी रुँदैछन्, हामी फस्यौं, ठगियौं ।' तर, विद्यालयले विभिन्न बहानामा शुल्क भने चर्को लिने गरेको छ । यस विद्यालयका सञ्चालक हुन् - जसपाको मिर्चैयाका निमित्त नगरअध्यक्ष जिमी यादव । उनलाई यो गुनासो पटकपटक सुनाउँदा पनि वास्ता नगरेको र उल्टै थर्काउने नगरेको अभिभावक बताउँछन् ।

यतिमात्र होइन, विद्यालयमा कार्यरत शिक्षक, बस चालक, गार्डलगायतका कर्मचारीहरूलाई पारिश्रमिक पनि नियमित दिइने गरिएको छैन । तलब पाउने ठेगान नहुँदा कर्मचारीहरूले पनि समस्या झेल्दै आएका छन् । यस विषयमा प्रतिक्रिया लिँदा उनले आफूले भने बमोजिमकै सबै विशेषता रहेको र पारिश्रमिक पनि नियमित नै दिएको भन्दै झुट बोले । यता, मिर्चैया नगरपालिकाका शिक्षा शाखा प्रमुख भरत बानियाँले भने नगरपालिकाबाट विद्यालयमा अनुगमन हुने र त्यस्तो भेटिए छानबिन तथा कारबाही प्रक्रिया अघि बढ्ने प्रतिक्रिया दिए । सभार मिथिला रत्न

प्रतिक्रिया दिनुहोस

विपन्न दलित समुदायको ...

लहान कात्तिक २। यहाँको लहान नगरपालिका–१५ स्थित लंग्राहा मुसहरी टोलका शिवशंकर सदायका बाबुआ ...

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१