लहान १४ पुस । दलित जनकल्याण युवा क्लव, लहानले शितलहर प्रभावित सुत्केरी महिलाहरुलाई न्यानो कपडा प्रदान गरेको छ। क्लवले लहानको श्रीराम गेष्ट हाउसमा एक कार्यक्रमको आयोजनागरी ६१ जना गरिव, दलित तथा विपन्न सुत्केरी महिलाहरुलाई न्यानो कपडा प्रदान गरेको हो । महिलाहरुलाई लहान नगपालिकाका मेयर महेश प्रसाद चौधरीले सामाग्री हस्तान्तरण गरेका थिए । क्लवले प्रति व्यक्ति एक एक थान बल्याङ्केट, सल, किचेन चप्पल र बच्चाको लागि एक थान कपडा प्रदान गरेको क्लवका अध्यक्ष उमेश विसुन्केले जानकारी दिए । उनले गरिव, दलित तथा विपन्न सुत्केरी महिलाहरुको लागी मानविय सहयोग स्वरुप प्रति व्यक्ति तीन हजार दुई सय ८८ रुपैयाँ मूल्य बरावरको राहत सामाग्री प्रदान गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved