निशुल्क सेनेटरी प्याड बितरण कार्यक्रम सम्पन्न

  • पुस ६, २०८०
  • १२२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, पुस ६ । विभिन्न सामाजिक कार्य गर्दै आएका मिथिला युवा समाजले सिरहामा स्यानेटरी प्याड वितरण गरेको छ । समाजले सिरहा न.पा. वाडा नम्बर १५ को सुखचैनामा महिनावारी जागरुकता अभियान अन्तर्गत ग्रामीण महिलाहरुलाई महिनाबारी सम्बन्धि चेतनामुलक एक औपचारिक कार्यक्रमका बीच निशुल्क सेनेटरी प्याड बितरण गरेको छ । स्यानेटरी प्याडको प्रयोग सम्बन्धी चेतनामूलक जानकारी गराउँदै ग्रामिण क्षेत्रमा बसोबास गर्ने महिलाहरुमा महिनाबारीको समयमा ख्याल गर्नुपर्ने आवश्यक ज्ञानको अभाबको कारणले देखिने पाठेघरको संक्रमणको समस्याबाट बच्नका लागि प्याड वितरण कार्यक्रमले सकारात्मक प्रभाव पर्ने मूल्यांकन गरिएको छ । कार्यक्रममा करिब १५७ स्थानिय महिलाहरुको सभभागिता रहेको मिथिला युवा समाजका सभापति सुनिल साहले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१