रहमुल लहान ४ मंसिर सप्तरीको बलान बिहुलको शिक्षालाइ सुधार गर्ने उद्देश्यका साथ स्वयंसेवक शिक्षक बिज्ञापनमा पास भएका १३ जना शिक्षकहरुलाई विभिन्न बिधालयहरुमा नियुक्ति पत्र प्रदान गरि पोस्टिङ् सहित गा.पा. अध्यक्ष खेमचन्द्र यादवले हार्दिक बधाई दिदै कार्यक्षेत्रमा पठाएका छन। समृद्ध तथा शिक्षित बलान बिहुलको यात्रामा सहयोग गर्ने बिश्वासका साथ सम्पुर्णमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै अध्यक्ष यादवले अब शिक्षा क्षेत्र चलाइमान बनाउन मलाई सहज भएको बताएका छन ।
उहाँ अगाडी थप्दै सरकारले गर्नु पर्ने सकुन्जेल ब्यबस्थापन गर्दै गैरहेको छ र अब शिक्षक टिम चुस्तदुरुस्त इमन्दारी साथ निर्धक आ आफ्नो कार्यमा जुट सबै संग आग्रह समेत गरेका छन। शिक्षा बिनाको बिकास अधुरो बिकास हुने डरले अध्यक्ष यादव अहिले देखि नै चतेर भएर अगाडी बढिरहेको बुझिएको छ। शिक्षा क्षेत्रमा राम्रो दखल भएका ब्यक्तिको रुपमा चिनिएका अध्यक्ष यादव आफ्नो नेतृत्वको सरकारमा शिक्षा सम्बन्धि राम्रै अनुसन्धान पछि अगाडी बढ्दै छ खुशीको कुरो हो। शिक्षा क्षेत्रमा फर्को मार्दै खेमचन्द्र यादव नेतृत्वको स्थानीय सरकारले के बुझ दिनु पर्यो भने सप्तरी जिल्लाको उत्तरी पश्चिम कुनामा रहेको बलान बिहुल गा.पा. लाई हाल सम्म पछाडी किन पारीएको छ? प्रादेशिक संघिय सरकारको नजर यता किन छैन ?जन्ता सहितको अवाज उठाइ दिनु पर्यो र बिधालय अनुगमन धेरै गर्नु पर्ने जरुरी देखिएको छ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved