ताजा समाचार

७५ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सिरहा द्वारा सम्पन्न

  • मंसिर २४, २०८०
  • ८३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सितल साह, मंसिर २४ लहान, सिरहा । ७५ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सिरहा शाखा द्वारा सम्पन्न भएकाे छ।दिवसकाे उपलक्ष्यमा रा.उ.मुरारका प्रादेशिक अस्पतालमा बिरामिहरुलाई फलफुल बितरण गरेका छन।बिगतका बर्षहरुमा प्रभातफेरी,गोष्ठी,लगायत मानव कल्याण हेतु विभिन्न कार्यक्रम गर्दै आइरहेता पनि यश पालि बिरामिका लागि फलफुल बितरण गरीएका छन।६३ वटा बिरामि बेड रहेका रा.उ.प्रादेशिक अस्पताल लहानमा ३० वटा बिरामि भर्ना रहेकाेले सम्पुर्णमा फलफुल बितरण गरिएकाे थियाे।

बिहान ९:३० बजे देखि बितरण कार्य सुरु गरीएकाे थियाे । कार्यक्रममा ईलाका प्रशासन लहानका प्रमुख, शशत्र प्रहरी लहानका प्रमुख, अस्पताल प्रशासन प्रमुख शत्रुधन मण्डल,मानव अधिकार संगठन सिरहा अध्यक्ष बिमल ठाकुर,संगठनका केन्द्रीय सदस्य राजकुमार राउत,जिल्ला उपाध्यक्ष बेचन पंडित जिल्ला सदस्य सुरेन्द्र महताे,जिल्ला सल्लाहकार डा.शिबनन्दन प्रसाद ,नगर अध्यक्ष बिजय महताे लगायतका उल्लेखनीय मानिसहरुकाे उपस्थिति रहेका थिए।

"भबिष्यमा मानव अधिकार संस्कृतिलाई एकीकृत र दिगाे बनाउदै लैजाउ" मुल नाराका साथ आफ्नो संस्था सदैव मानव कल्याणको निम्ति अग्रसर रहेकाे अध्यक्ष ठाकुरले बताउनु भयाे। २०४५ सालमा स्थापना भए देखि यस संगठन द्वारा निरन्तर रुपमा समाजमा भईरहेकाे मानव अधिकार हननकाे बिरुद्ध आफुहरु सधैं अवाज उठाउने काम गरिरहेकाे केन्द्रीय सदस्य राउतले थप्नु भयाे।

प्रतिक्रिया दिनुहोस

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सुखीपुरमा १९ करोड १५ ...

रहमुल, लहान, २२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा संघीय सरकारको रु. १९ करोड १५ लाखको लागतमा निर्माण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤