किसानको सेवामा आफु २४ औं घण्टा तयार भगवानपुर गाउँपालिका पशु शाखा प्रमुख दास

  • मंसिर २३, २०८०
  • ८०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान २३ मंसिर । सिरहा जिल्लाको दक्षिणी सिमाना सिमामा पर्ने भगवानपुर गाउँपालिकाको पशु शाखाले ३५ सय भन्दा बढी पशुचौपायालाई लम्पी स्किनको भ्याक्सिन लगाईएको छ । आर्थिक बर्ष २०८९/०८० मा जेनरल स्वास्थ्री सेवा ३५३८, माईनर सर्जिकल ४३५, ग्यानोकोलोजिकल २४६, कृत्रीम गर्भाधान १०५१, ईपिडिमियोलोजिकल रिपोर्ट १२ पटक गरिएको पशु शाखा प्रमुख रामसुन्दर दासले जानकारी गराएको छ। त्यसैगरी ३२० बाख्रमा पिपिआरको लक्षण देखिएको थियो जसमा ३५ वटा बाख्राको मृत्यु भएको साहले बताए ।

भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको विषेश पहलमा पट्क पटक ,गाउँ गाउँ ,टोल टोलको प्रत्येक वडामा किसानहरूको गोठ गोठ्मा पुगेर पशुहरुलाइ नि: शुल्क उपचार गर्नु पशुसेवा संयोजक रामसुन्दर दासलाइ निर्देश समेत दिएको खबर प्रमुख प्रशासकिय अधिकृत चन्द्र्नारायाण चौधरीले जनाएको छ। किसानको पशुचौपायामा लागेको बिभिन्न रोगको उपचार हेतु पशु शखामा जानकारी गराएको खण्डमा घरमै गएर पशु सेवा शखाका प्राबिधिकहरु सफल उपचार गर्दै आइरहेको दासको दाबि छ । किसानको सेवामा आफु २४ औं घण्टा तयारी रहने पशु संयोजकले बताए।

प्रतिक्रिया दिनुहोस

१३ औं राष्ट्रिय पुस् ...

ओम प्रकाश यादव लहान माघ ९ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सिरहाको आयोजनामा १ ...

जिल्ला ट्राफिक प्रहर ...

ओम प्रकाश यादव लहान,माघ ९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहामा दरबन्दी भई कार्यरत प्रहरी नि ...

लहानमा ट्राफिक सचेतन ...

लहान, माघ ८। “सडक दुर्घटना विरुद्ध युवा अभियान २०८२” कार्यक्रम अन्तर्गत हिजो माघ ०७ गते ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१