Siraha Times
ताजा समाचार

किसानको सेवामा आफु २४ औं घण्टा तयार भगवानपुर गाउँपालिका पशु शाखा प्रमुख दास

  • मंसिर २३, २०८०
  • ९७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान २३ मंसिर । सिरहा जिल्लाको दक्षिणी सिमाना सिमामा पर्ने भगवानपुर गाउँपालिकाको पशु शाखाले ३५ सय भन्दा बढी पशुचौपायालाई लम्पी स्किनको भ्याक्सिन लगाईएको छ । आर्थिक बर्ष २०८९/०८० मा जेनरल स्वास्थ्री सेवा ३५३८, माईनर सर्जिकल ४३५, ग्यानोकोलोजिकल २४६, कृत्रीम गर्भाधान १०५१, ईपिडिमियोलोजिकल रिपोर्ट १२ पटक गरिएको पशु शाखा प्रमुख रामसुन्दर दासले जानकारी गराएको छ। त्यसैगरी ३२० बाख्रमा पिपिआरको लक्षण देखिएको थियो जसमा ३५ वटा बाख्राको मृत्यु भएको साहले बताए ।

भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको विषेश पहलमा पट्क पटक ,गाउँ गाउँ ,टोल टोलको प्रत्येक वडामा किसानहरूको गोठ गोठ्मा पुगेर पशुहरुलाइ नि: शुल्क उपचार गर्नु पशुसेवा संयोजक रामसुन्दर दासलाइ निर्देश समेत दिएको खबर प्रमुख प्रशासकिय अधिकृत चन्द्र्नारायाण चौधरीले जनाएको छ। किसानको पशुचौपायामा लागेको बिभिन्न रोगको उपचार हेतु पशु शखामा जानकारी गराएको खण्डमा घरमै गएर पशु सेवा शखाका प्राबिधिकहरु सफल उपचार गर्दै आइरहेको दासको दाबि छ । किसानको सेवामा आफु २४ औं घण्टा तयारी रहने पशु संयोजकले बताए।

प्रतिक्रिया दिनुहोस

जन्माष्टमीको अवसरमा ...

शियाराम यादव ,भदौ-२०  । श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर यादव सेवा समाज दोहा, कतारको नयाँ ...

लहान १५ मा ‘घर–घरको ...

ओम प्रकाश यादव लहान, भदौ २० । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता ...

रसुवा बाढीमा खडकका ९ ...

ओम प्रकाश यादव लहान, भदौ १९ । रसुवामा आएको विनाशकारी बाढीमा आफ्ना नागरिक गुमाएको पीडामा रहेको सप्तरी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१