ताजा समाचार

परीक्षाको अनुगमन गर्दै शाखा प्रमुख सिंह

  • मंसिर १८, २०८०
  • ८४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, मंसिर १८ । सिरहाको धनगढीमाई नगरपालिकाद्वारा हाल विद्यालयहरूमा संचालित अर्धबार्षिक परीक्षाको उक्त नगरपालिकाका शिक्षा साखा प्रमुख हरी नारायण सिंहले नियमित अनुगमन गर्दै आएका हुन । नगरभित्र संचालित परीक्षालाई मर्यादित बनाउनका लागि प्रमुख सिंह नियमित बिद्यालयका कोठाहरूमा पुगेर अनुगमन गर्दै आएका छन । धनगदीमाई नगरपालिका भित्र रहेका विद्यालयहरुको परीक्षा वाहेकका समयमा पनि नियमित अनुगमन गर्दै आएका सिङको कारण यतिबेला नगर शिक्षामा सुधारको बातावरण रहेको पाईन्छ ।

धनगढीमाई अन्तर्गत मदन भण्डारी माविमा जारी परीक्षामा पुगेर सिंगले परीक्षाको अनुगमन गर्नु भएको हो । संक्षिप्त कुराकानीमा " आफूले प्रत्येक विद्यालयलाई समयमा आवस्यक प्रस्न पत्र लगायतको सामाग्री उपलब्ध गराएर परीक्षा मर्यादित बनाउन नियमित अनुगमनमा रहेको " बताएका छन । परीक्षालाई बोझको रूपमा नलिई परीक्षा मर्यादित भएको खण्डमा विद्यार्थीहरुमा अध्ययन गर्ने वातावरणको सिर्जना हुने पक्का भएकोले शैक्षिक सुधारमा सबैको जोड रहनु पर्ने अवस्था रहेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सुखीपुरमा १९ करोड १५ ...

रहमुल, लहान, २२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा संघीय सरकारको रु. १९ करोड १५ लाखको लागतमा निर्माण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤