ताजा समाचार

निशुल्क घुम्ती शिविर संचालन गरी पि.पि.आर. रोग नियन्त्रण गर्दै पशु सेवा शाखा भगवानपुर

  • कार्तिक ३०, २०८०
  • १४०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ३० कार्तिक सिरहाको भगवानपुर गाउँपालिकाको पशु सेवा शाखाले घुम्ती शिविर संचालन गरी बाख्राको पि.पि.आर. रोग नियन्त्रण गर्ने कार्यमा जुटेका छन।पशु पालकको बिस्तार आर्थिक उन्नतिको अधार गाउँ पालिकाको अभियान नाराका साथ निशुल्क पशु स्वास्थ्य तथा घुम्ती शिविर संचालन भैरहेको शाखा प्रमुख रामसुन्दर दासले बताएका छन। प्रमुख दासका अनुसार किसानको गुनासो आउना साथ गा.पा. प्रमुख उग्रनरायण यादवको निर्देशनमा हामी प्राबिधिक टोली कार्तिक १० गते देखि चाडबाडलाई समेत वास्ता नगरी हाल सम्म लगातार किसानहरुको घरगोठ सम्म पुगेर निशुल्क औषधी उपचार गर्दैछौ समेत बताएका छन।

हाल सम्मको तथ्यांक हेर्दा यस रोग बाट सब भन्दा बढी क्षति वाडा न.२ मा मात्रै ११ थान बाख्रा मरी सकेको र ७० थान रोगी बाख्रालाई उपचार गरी रोग नियन्त्रणमा आएको देखिन्छ। बाँकी १,३,४,५ न. वाडामा पनि रोग नियन्त्रणको प्रयास भैरहेको छ। निशुल्क औषधी वितरण कार्यक्रम गरि किसानको दुखलाई आफ्नै दुख सम्झी कार्य गर्दै पालिका प्रमुख उग्र नारायण यादव यो भन्दा पहिला पनि लम्पी स्किन नामक रोगमा उहाले गर्नु भएको काम उदाहरनीय रहेको थियो। लम्पी स्किन रोगसंगै किसानका लागि बिभिन्न कार्यक्रम गर्दै आइरहेको कुरा त्यहाँका किसानहरुको लागि उदाहरणीय बनेको छ।

यो भन्दा पहिला जब लम्पी स्किनले किसानको गाई गोरु त्रसित भएका थिए त्यती बेला पनि प्रमुख यादवकै निर्देशनमा शाखा प्रमुख दासले आफ्ना कार्यालयका हरेक काम काज छोडेर किसानको घर घर पुगेर औषधि उपचार गरी त्यहाँका किसान दाजुभाइहरुका गाई गोरु मर्नबाट बचाएका थिए । अहिले बाख्राहरुमा जुन किसिमको रोग लागेका छन् त्यसका लागि पनि यादवसंगै सहकार्य गरि फेरी बाख्राहरु मर्नबाट जोगाउनकै निम्ति यो पशु पालकको बिस्तार आर्थिक उन्नतिको अधार गाउँ पालिकाको अभियान नाराका साथ निशुल्क पशु स्वास्थ्य तथा घुम्ती शिविर कम्पाइन संचालन गरिएको हो र मलाई पूर्ण विश्वाश छ विगतमा झैँ यसपाली पनी यो रोगबाट बचाउन सफल नै हुन्छु प्रमुख दासको बिश्वास छ।

वास्तवमा भन्नु पर्दा भगवानपुर गा.पा. पशु क्षेत्रमा जिल्लामै पहिलो पालिका हो जहाँ किसानले चाहेको बेला सेवा पाउने गरेको बुझिएको छ। हाल जुन बाख्रामा रोग फैलिएको छ त्यो भाइरस बाट हुने रोग हो र बर्से पिछे लाग्ने गरेको छ। यो रोग नियन्त्रण गर्न बिगत धेरै बर्ष देखि तिनै तहका सरकार प्रयासरत छन तर हाल सम्म रोग नियन्त्रणमा नआउनुको मुख्य कारण भारतको खुल्ला सिमाना रहेको र देशै भरी अभियानको रुपमा एकै पटक खोप संचालन नहुनु बिज्ञहरुको ठम्याई छ।

 

प्रतिक्रिया दिनुहोस

सडक नाटकमार्फत लहान– ...

ओम प्रकाश यादव लहान, असोज १३ । लहान नगरपालिकाको वडा नं. ४ मा ‘घर–घरको शान, स्वच्छता अभिय ...

जसपा नेपाल सिरहामा ६ ...

ओम प्रकाश यादव लहान असोज १३ । जनता समाजवादी पार्टी, नेपाल जिल्ला समिति सिरहाको समायोजन तथा विस्तारित ...

लहान–१३ घलेटोलमा ‘घर ...

ओम प्रकाश यादव, लहान, असोज १२ । लहान नगरपालिका–१३ घलेटोलमा ‘घर–घरको शान, स्वच्छता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤