वाडा अध्यक्ष सरोज महतोको अगुवाईमा सरसफाई

  • कार्तिक २६, २०८०
  • ९४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स,कार्तिक २६ । सिरहाको धनगढीमाई १० धनगढी बजारमा सरसफाई गरिएको छ । दिपावली ,छठ र सामा चकेवा पर्वको पावन अवसरमा धनगढी बजारको सरसफाई गरिएको छ । वाडा अध्यक्ष सरोज महतोको अगुवाईमा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय धनगढी, नगर प्रहरी ,स्थानिय समाजसेवी ,बुद्धिजीवी , जनप्रतिनिधि लगायतको सहभागितामा बजारको माछा बजार,विश्वकर्मा चोक , हनुमान चोक ,दुर्गा मन्दिर परिसर , कुर्वा रोड क्षेत्र लगाएतको ठाउँहरूमा भएको फोहोरहरु संकलन गर्दै सरसफाई गरिएको छ । बजारको दुर्गा मन्दिर परिसरबाट सरसफाई सुरुवात गरी बजारको चारैतिर सरसफाई गरिएको छ । वाडा अध्यक्ष सरोज महतोको अगुवाईमा पटक पटक बजारको सरसफाई हुँदै आएको अवस्था रहेको छ । धनगढी नगर उद्योग व्यापार संघको आयोजनामा आयोजित कार्यक्रममा स्थानिय सबै सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१