सिरहाटाइम्स,कार्तिक २६ । सिरहाको धनगढीमाई १० धनगढी बजारमा सरसफाई गरिएको छ । दिपावली ,छठ र सामा चकेवा पर्वको पावन अवसरमा धनगढी बजारको सरसफाई गरिएको छ । वाडा अध्यक्ष सरोज महतोको अगुवाईमा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय धनगढी, नगर प्रहरी ,स्थानिय समाजसेवी ,बुद्धिजीवी , जनप्रतिनिधि लगायतको सहभागितामा बजारको माछा बजार,विश्वकर्मा चोक , हनुमान चोक ,दुर्गा मन्दिर परिसर , कुर्वा रोड क्षेत्र लगाएतको ठाउँहरूमा भएको फोहोरहरु संकलन गर्दै सरसफाई गरिएको छ । बजारको दुर्गा मन्दिर परिसरबाट सरसफाई सुरुवात गरी बजारको चारैतिर सरसफाई गरिएको छ । वाडा अध्यक्ष सरोज महतोको अगुवाईमा पटक पटक बजारको सरसफाई हुँदै आएको अवस्था रहेको छ । धनगढी नगर उद्योग व्यापार संघको आयोजनामा आयोजित कार्यक्रममा स्थानिय सबै सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved