ताजा समाचार

राजपुर नगरपालिकामा अधिकृत रौनियार हाजिर

  • कार्तिक २२, २०८०
  • ६५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रौतहट २२ कार्तिक। रौतहट जिल्लाको राजपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा मुना साह रौनियार हाजिर भएका छन् । बुधवार राजपुर नगरपालिकाका नगरप्रमुख मोहमद राजिक आलमले प्रमुख प्रशासकीय अधिकृत रौनियारलाई टिका माला लगाई स्वागत गरेका छन् । बाराको परवानीपुर गाउँपालिका बाट केहि दिन पहिला मधेश प्रदेशको मुख्यमन्त्रि कार्यालयमा प्रमुख पर्शासकीय अधिकृत रौनियारको सरुवा गरिएको थियो । हालै सामान्य प्रशासन मन्त्रालयले राजपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुना साह रौनियारलाई सरुवा गरे पछि रौनियार बुधवार राजपुर नगरपालिकामा हाजिर भएका छन् । राजपुर नगरपालिकालाई जिल्लामा नमुना नगरपालिका बनाउने काममा आफुले नवनिर्वाचित जनप्रतिनिधिलाई नियम र कानुनले दिए सम्म अधिकतम सहयोग गर्ने प्रतिबद्धता प्रमुख प्रशासकीय अधिकृत रौनियारले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सुखीपुरमा १९ करोड १५ ...

रहमुल, लहान, २२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा संघीय सरकारको रु. १९ करोड १५ लाखको लागतमा निर्माण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤