Siraha Times
ताजा समाचार

सनसाइन एजुकेशनल कन्सलटेन्सीको शुभकामना आदान प्रदान भव्यताका सम्पन्न

  • कार्तिक १८, २०८०
  • १५०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स कात्तिक १८ । सनसाइन एजुकेशनल कन्सलटेन्सीको शुभकामना आदान प्रदान कार्यक्रम आज सिरहाको लहानमा भव्यताको सम्पन्न भएको छ । विगत ८ वर्ष देखि लहानमा संचालित कन्सलटेन्सीहरुका बीच आफ्नो छुटै पहिचान बनाउन सफल भएका सनसाइन एजुकेशनल कन्सलटेन्सी लहान ८ द्वारा आयोजित शुभकामना आदान प्रदानमा बितेको विजयादशमी तथा आउदै गरेको शुभ दिपावली, छठ , तिहार ,नेपाल सम्वत ११४४ तथा समाचाकेवा पर्वको अवसरमा संघीय सांसद राम शंकर यादबको प्रमुख आतिथ्यतामा शुभकामना आदान -प्रदान कार्यक्रम आज शनिबार लहानको मारवारी सेवा सदनमा सम्पन्न भएको छ ।WhatsApp Image 2023-11-04 at 15.51.01_5a4e03db

कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद यादव संगै भगवानपुर गाउँपालिकाका पुर्व अध्यक्ष बेचन प्रसाद यादव ,नेपाल पत्रकार महासंघ सिरहा शाखाका पुर्व सभापति दिनेश्वर प्रसाद गुप्ता ,नेकपा माओवादी केन्द्रका लहान नगर अध्यक्ष हेमन्त कुमार यादव ,नेकपा एकीकृत समाजवादीका लहान नगर अध्यक्ष बिनोद साह ,रेडियो सरगमका संस्थापक फिरोज शेख , आइटी अफिसर संजय साह, लहान ३ का पुर्व वडा सदस्य राजाराम महतो लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सनसाइन एजुकेशनल कन्सलटेन्सीका संस्थापक अध्यक्ष जय प्रकाश कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि,शिक्षक,विधार्थी, पत्रकार लगायतको उपस्तिथी रहेको थियो ।

शुभकामनाकै क्रममा कन्सलटेन्सीको परिभाषा भनेको सलाहकारको परामर्सदाता हो बिना परामर्स कुनै पनि विद्यार्थी होस या त अभिभावक किन न होस तर फरक पर्छ परामर्स दिनेमा कस्तो किसिमको परामर्सदाताले कस्तो परामर्स दिने त्यसैले यसलाई परामर्सदाताको रुप रेखा प्रदान गर्नु पर्दछ न कि ठग्ने खास गरि मधेशका ४ जिल्ला मध्ये सब भन्दा पछी परेका सिरहा जिल्लानै हो यसलाई अगाडी कसरि लाने त्यता तिर केन्द्रित भएर दिनु हुने छ । शुभकामना दिए नेकपा माओवादी केन्द्रका लहान नगर अध्यक्ष  हेमन्त कुमार यादव ।

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिका वडा नं ...

ओम प्रकाश यादव लहान, जेठ १४ । खडक नगरपालिका वडा नं. ११ लाई औपचारिक रूपमा “बाल श्रम मुक्त वडा&r ...

लहानका मेयर महेश चौध ...

विनोद अविरल, जेठ १३ ​लहान, जेठ । नेपाल सरकारले सिरहाको लहान नगरपालिकाका प्रमुख (मेयर) महेश चौधरीलाई ...

सशस्त्र प्रहरी बलको ...

रहमुल सिरहा, १३ जेठ । सशस्त्र प्रहरी बल नेपालको १९ औँ स्थापना दिवस सिरहामा भव्य तथा उल्लासपूर्ण वाता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१