ताजा समाचार

उपभोक्तालाई ठगेर मासु बेच्ने गुलजार पक्राऊ

  • कार्तिक १८, २०८०
  • १०७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक १८ । धनुषा प्रहरीले उपभोक्तालाई झुक्काएर खसीको मासुको नाममा बाख्राको मासु बेच्ने एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय धनुषाबाट प्र.नि. को कमाण्डमा खटिएको गस्ति टोलीले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरमा गुल्जार महम्मदले साहिल फ्रेस हाउँस संचालन गरेको मासु पसलमा खसीको मासुको नाममा बाख्राको मासु बिक्री गर्दै आएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

गस्तीमा रहेको प्रहरी टोलीले मासुको चेक जाँच गर्दा गुल्जार महम्मदले आफ्नो पसलको अगाडी खसीको मासुको सानो टुक्रा संगै छाला बिनाको बाख्रालाई खसीको अण्ड कोष र पिसाब गर्ने लिंग जस्तो बनाई खसीको मासुसंगै बिक्री गर्नको लागि राखेको अवस्थामा फेला पारी उक्त खशीको मासु र बाख्राको मासु नाप तौल गर्दा छाला भएको खशीको मासु २१ किलो र बाख्राको मासु ८ किलो समेत बरामद गरी बरामद गरेको मासु सहित मासु पसलको संचालक गुल्जार महम्मदलाई नियन्त्रणमा लिई ई.प्र.का. महेन्द्रनगर धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनुसाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सुखीपुरमा १९ करोड १५ ...

रहमुल, लहान, २२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा संघीय सरकारको रु. १९ करोड १५ लाखको लागतमा निर्माण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤