लहान नगरपालिका वडा न० १३ का बिद्यालय व्यवस्थापन समितिमा यादव चयन

  • कार्तिक १६, २०८०
  • २१३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स कात्तिक १६ । सिरहा जिल्लाको लहान नगर पालिका वडा न० १३ को श्री जनता आधारभूत बिद्यालय घल्लेटोलमा विद्यालय व्यवस्थापन समिति चयन भएको छ पछिल्लो समयमा यहा समिति गठन नगरिकनै बिद्यालय चल्दै आएका थिए जसका कारण अनेक कठिनाईहरुको सामना समेत गर्नु परेको थियो र अब यस विद्यालयले अभिवावकको रुपमा नया व्यवस्थापन समितिको रुपमा अध्यक्ष अमिरलाल यादवलाई बहुमतले पारित गरिएको छ   ।

विद्यालय व्यवस्थापन समिति चयन गर्न यहा मतदानको प्रक्रिया अपनाएका थिए उक्त मतदानमा जम्मा ९ सदस्य समिति भएकोमा  ६ मत यादवको पक्षमा आएको थियो भने ३ मत विपक्षीले हात पारि पराजित हुनुभएको थियो । श्री जनता आधारभूत विद्यालमा अहिले ६ कक्षासम्म पठन पाठन भैरहेको छ जब कि विद्यालयको कुल क्षेत्रफल १७ कठ्ठा रहेको छ भन्ने पछिल्लो समयमा यहाका राजनीतिकरणले गर्दा यहाका विद्यालयको अवस्था अस्तव्यस्त भइरहदा पनि कोहिले केहि नबोलेको यहाका प्राध्यापकले गुनासो समेत गरेका थिए ।

अबको आउदो समयमा यस विद्यालयले ६ कक्षा सम्म नभई मावि सम्म पठन पाठन गराउने र विद्यालयको समेत नयाँ संरचना सहितका काम गर्छु र बिद्यार्थीहरुलाई उच्च शिक्षा दिने कार्य लगायत घरदैलो कार्यक्रम पनि गर्छु वडा अध्यक्ष मनोज कोइरालाले जानकारी गराए   । श्री जनता आधारभूत विद्यालयको नयाँ व्यवस्थापन समितिमा कुल नौ जनाको सदस्य रहने गरि चयन भएको व्यवस्थापन समितिमा अध्यक्ष अमिरलाल यादव लगायत नौ जनाको सदस्यको समिति चयन भएको छ ।

प्रतिक्रिया दिनुहोस

स्कुल बस अनियन्त्रित ...

जग जीवन राम सुरुङ्गा २१ बैशाख । सप्तरीको खडक नगर पालिकामा विद्यालय बस दुर्घटना भएको हो भने मानवीय क् ...

सप्तरीको महदेवा चिमट ...

ओम प्रकाश यादव / सन्जु कुमारी दास लहान २१ वैशाख । मुक्ति नेपाल गोलबजार सिरहा र नागरीक आवाज ललित ...

सप्तरीको अग्निपीडितल ...

सप्तरी , बैशाख २० । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सप्तरीको महादेवा गाउँपालिका-१ चिम्ट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१