सिरहाटाइम्स कात्तिक १६ । सिरहा जिल्लाको लहान नगर पालिका वडा न० १३ को श्री जनता आधारभूत बिद्यालय घल्लेटोलमा विद्यालय व्यवस्थापन समिति चयन भएको छ पछिल्लो समयमा यहा समिति गठन नगरिकनै बिद्यालय चल्दै आएका थिए जसका कारण अनेक कठिनाईहरुको सामना समेत गर्नु परेको थियो र अब यस विद्यालयले अभिवावकको रुपमा नया व्यवस्थापन समितिको रुपमा अध्यक्ष अमिरलाल यादवलाई बहुमतले पारित गरिएको छ ।
विद्यालय व्यवस्थापन समिति चयन गर्न यहा मतदानको प्रक्रिया अपनाएका थिए उक्त मतदानमा जम्मा ९ सदस्य समिति भएकोमा ६ मत यादवको पक्षमा आएको थियो भने ३ मत विपक्षीले हात पारि पराजित हुनुभएको थियो । श्री जनता आधारभूत विद्यालमा अहिले ६ कक्षासम्म पठन पाठन भैरहेको छ जब कि विद्यालयको कुल क्षेत्रफल १७ कठ्ठा रहेको छ भन्ने पछिल्लो समयमा यहाका राजनीतिकरणले गर्दा यहाका विद्यालयको अवस्था अस्तव्यस्त भइरहदा पनि कोहिले केहि नबोलेको यहाका प्राध्यापकले गुनासो समेत गरेका थिए ।
अबको आउदो समयमा यस विद्यालयले ६ कक्षा सम्म नभई मावि सम्म पठन पाठन गराउने र विद्यालयको समेत नयाँ संरचना सहितका काम गर्छु र बिद्यार्थीहरुलाई उच्च शिक्षा दिने कार्य लगायत घरदैलो कार्यक्रम पनि गर्छु वडा अध्यक्ष मनोज कोइरालाले जानकारी गराए । श्री जनता आधारभूत विद्यालयको नयाँ व्यवस्थापन समितिमा कुल नौ जनाको सदस्य रहने गरि चयन भएको व्यवस्थापन समितिमा अध्यक्ष अमिरलाल यादव लगायत नौ जनाको सदस्यको समिति चयन भएको छ ।
प्रतिक्रिया दिनुहोस
लहानमा दुई अर्ब लागतको मुटु अस्पताल निर्माण हुने ऐतिहासिक कदम, HDCL को प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
बलान विहुलमा कांग्रेसको घरदैलो अभियान तीव्र, “अधूरा काम पूरा गर्न अन्तिम उम्मेदवारी” – तेजुलाल चौधरी
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic