Siraha Times
ताजा समाचार

पिटाईबाट वलीको मृत्यु

  • कार्तिक १०, २०८०
  • ९२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,कार्तिक १० । सल्यानमा युवाहरुको कुटाईबाट एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । सल्यान जिल्लाको बागचौर नगरपालिकाको वाडा नम्बर ७ स्यालगाउँका २५ वर्षीय केशर वली र २३ वर्षीय सन्तोष वलीले स्थानिय २० वर्षीय घनश्याम वलीलाई पिटेर मृत्यको मुखमा पुगाएका छन । गत कात्तिक ४ गतेको दिन सल्यान बागचौर नगरपालिका वडा नम्बर ७ स्यालागाउँका २० वर्षीय घनश्याम वली आफ्नै गाउँको श्री उपकार आधारभूत विद्यालयको खेल मैदानमा भलिवल खेल्नको लागि दिउँसो करिव ४ बजेको समयमा पुगेका थिए ।

भलिवल खेल मैदानमा पुगेका वलीलाई मादक पदार्थ सेवन गरेका केशर वलीले " ए भाई तेरो दाईलाई ढोग गर " भन्दै आफूलाई खुट्टामा ढोग्न लगाउँदा उनले " मैले किन तपाईंलाई खुट्टामा ढोग्ने , ढोग्दिन " भनेपछि हात हालाहालको स्थितिको सिर्जना भएको थियो । खेल मैदानमा केशर वली र सन्तोष वलीले मर्नासन्न हुनेगरी पिटेर घाइते भएका घनश्याम वलीलाई छोडेर भागेका थिए । जसो तसो घर पुगेका घनश्याम घरमा सिकिस्त बिरामी परेपछि उनलाई उपचारको लागि उनका बुबाले भारतको नानपारा स्थित अस्पतालमा पुर्याएपछि उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

मृतकका आफन्तले किटानी जाहेरी दर्ता गराएपछि केशर वलीलाई सल्यानको बागचौर वाडा नम्बर ९ को मौरीघारे परीलेखबाट र सन्तोष वलीलाई दाङ जिल्लाको तुलसीपुर वाडा नम्बर १२ को रझेनाबाट पक्राऊ गरी कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१