सिराहा । सिराहाको लाहान नगरपालिका स्थित एक निजि विद्यालयले एक कक्षामा पढ्ने दुई छात्रलाई मासिक शुल्क नतिरेको भन्दै बन्धक बनाएको छ। लाहान ४ स्थित पाराडाईज बोर्डिङ स्कुलले मासिक शुल्कको लागि सखुवानन्कारकट्टी गापा का दुई बालक सचिन राम र धोनी रामलाई बन्धक बनाएको खबर प्राप्त भएको हो।
दशैंमा घर नआएपछि बन्धक छात्रका बुवा दिपेन्द्र रामले खोजतलास गर्दा बच्चाहरु स्कुलमा रहेको खबर पाएको थियो। विधालयका सन्चालक राकेश गुप्ताले मासिक शुल्क नतिरेसम्म घर जान नदिने बताउदै आएको थियो। पीडित पक्षको तर्फबाट ईलाका प्रहरी कार्यालय लाहानलाई जानकारी हुनासाथ प्रहरीको एक टोली पाराडाईज बोर्डिङ पुगि दुवै बालकलाई उद्धार गरेका थिए। स्रोतले दिएको जानकारी अनुसार स्कुलका प्रिन्सिपल राकेश गुप्ता र बिजय गुप्तालाई प्रहरी हिरासतमा राखिएको छ।
उता, निजी विद्यालयहरुको छाता संगठन प्याब्सन पीडितलाई आफ्नो प्रलोभनमा पार्न भर्खरै राति-राति ईप्रका लाहानमा छलफलको लागि हारगुहार गरिरहेको गोप्य जानकारी प्राप्त भएको छ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved