Siraha Times
ताजा समाचार

धनगढी बजारको मन्दिरमा विधिपूर्वक खोईछ भरिदै

  • कार्तिक ५, २०८०
  • ७३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,कार्तिक ५ । सिरहाको धनगढीमाई वाडा नम्बर १० धनगढी बजारमा रहेको दुर्गा भवानीको मन्दिरमा विधिपूर्वक खोईछ भर्ने पूजा जारी रहेको छ । दशैको शुरुवात सँगै मधेशका विवाहित महिलाहरुले स्थानिय स्तरमा रहेको विभिन्न शक्तिपीठहरुमा नियम निष्ठापूर्वक धान , बेसारको डल्ला, सिन्दूर, सुपारी, पान लगाएतका पूजा सामाग्री दुर्गा भवानीलाई विशेष अनुष्ठानका साथ चढाईने प्रथालाई खोइँछ भर्ने भनिन्छ । खासगरी बिबाहित महिलाहरुले विभिन्न प्रकारका पूजा सामग्री फलफूल, चुनरी, लड्डु, पान, सुपारी लगायतका सामग्रीसहित खोइछ भर्ने प्रचलन रहिआएको छ ।

आज धनगढी बजारमा रहेको मन्दिर अगाडि चोखो वस्त्र ओच्छयाएर त्यसमाथि पान, सुपारी, नरिवल, सिन्दुर, चुरा, र पुजा सामग्री राखेर पति र सन्तानको दिर्घायुको कामना गरेर ‘खोइछ भर्ने’ कार्य अन्तर्गत बिहानदेखि धनगढी बजार भरिभराउ रहेको छ । स्थानिय गाउँहरू बाट खोइछ भर्नका लागि आएका श्रद्धालु भक्तजनहरूको भिड मन्दिर परिसरमा लागेको अवस्था रहेको देखिएको छ । दुर्गा भवानीको मन्दिर अगाडि दुर्गाको भवानीको सामुन्ने केराको पात वा कपडामा पानसुपारी, ल्वांग, मिठ्ठा, चामल सहितको सामग्री सात ठाउँमा राखेर खोइछ भर्ने परम्परा रहेको छ ।

खाेइछ परम्परा अनुसार कुमारी भोजन पनि गराइने प्रचलन रहिआएको छ । दशैको धाटस्थपान देखि धनगढी बजार सजिएको अवस्था रहेको छ , भने बेलुका आयोजना हुँदै आएको झिझिया नृत्य प्रतियोगिताले स्थानिय धनगढी बजारमा हर्षोल्लासमय वातावरणको महसुस गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१