सिरहाटाइम्स कार्तिक ५ । सिरहाको नवराजपुर गाउँ पालिकाको नवराजपुरमा हिरा ठाकुर बल्ड क्यान्सरले पिडित हिरा ठाकुरको आखिरकार बाच्ने आस पलाएको छ । बिगत २ वर्षदेखि रोगले त्राहीमाम भएकी महिलाको उपचारमा देश विदेशबाट भएको सहयोगले हिरा ठाकुरको नवजीवन प्राप्त भएको छ । २ वर्ष पहिला ठाकुरलाई बल्ड क्यान्सर भएको कुरा थाहा भयो त्यतिबेला उ माथि ठुलै पहाड खसे जस्तो भएको थियो किनकि गरिबीले सताएकी अर्को तिर बिना काम काजका श्रीमान सम्पतिको नाउमा जम्मा १० कट्ठा धान खेति जसले वर्ष भरि गुजारा गर्न नि धौ धौ हुने र घरमा सुको पैसा नभएको बखत यस्ता विपद आइपर्दा आफु मरेकै जस्तो भए थिए । तर साहसी श्रीमानले गर्दा आज अझै केहि दिन यो संसार हेर्ने मौका पाउदा खुशी छु ।
यस्ता परिस्थितिमा मलाइ सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी हातहरुलाई दशैंको शुभकामना दिदै श्रीमान भोगेन्द्र ठाकुर भने म जस्ता बिचलिमा परेको बेला जुन सहयोग गरि मेरी श्रीमतीलाई बचाउनु भएको सहयोगी हातहरुलाई नमन छ । साथै आजैबाट म भोगेन्द्र ठाकुर हिराठाकुरको श्रीमान यहि मेडिया सिरहाटाइम्स मार्फत दुनियाको हरेक नेपाली नागरिकको अगाडी प्रण लिदैछु कि हजुरहरु जसरि नै हिरा ठाकुर बचाउ अभियान चलाई मेरी श्रीमती बचाउनु भएछ त्यसरी नै म पनि समस्यामा परेको गरिब गुरुवाको लागि सहयोग गर्ने छु ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved