Siraha Times
ताजा समाचार

राष्ट्रिय युवा संघको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • कार्तिक ४, २०८०
  • १०७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक ४ । सिरहाको धनगढीमाई नगरपालिका वडा नं १३ स्थित डावर खेल मैदानको परिसरमा आयोजित दशैं, तिहार तथा छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । पूर्व मन्त्री लिला नाथ श्रेष्ठको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा अतिथिहरु धनगढीमाईका मेयर शिवशंकर महतो, गोलबजारका मेयर श्याम श्रेष्ठ, सिरहाका मेयर डाक्टर नवीन यादव , नेताहरु चण्देश्वर मण्डल ,रामकुमार शाह , मनिता योञ्जन , दिलीप लामा , राजेन्द्र यादव , श्रवण ठकुरी लगायतको नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा शुभकामना आदानप्रदान गरिएको हो ।

स्थानिय डावर खेल मैदानको दक्षिणपट्टि रहेको स्टेजमा राष्ट्रिय युवा संघ जिल्ला कार्यसमिति सिरहाको आयोजनामा आयोजित कार्यक्रममा एक दिवसीय फुटबल खेल प्रतियोगिताको समेत आयोजना गरिएको थियो । राष्ट्रिय युवा संघ सिराहाका अध्यक्ष दिनेश यादबको अध्यक्षतामा भएको कार्यक्रममा अथिती सबैलाई गम्छा ओढाएर स्वागत गरिएको थियो ।

नेतृ शोभा बरालको उद्घोषणमा संचालित कार्यक्रममा राष्ट्रिय गान गाएर , ज्ञात अज्ञात वीर सहिदप्रति सम्झना गर्दै धनगढीमाईका मेयर शिवशंकर महतोले डावर खेल मैदानको बीचमा पुगेर एक दिवसीय खेलमा सहभागी स्थानिय डावर र गोलबजारका खेलाडीहरुलाई टिका लगाएर हातमा फुटबल प्रदान गर्दै खेलको उद्दघाटन गर्नु भएको थियो । स्थानिय डावर र गोलबजार बीच भएको मैत्रीपूर्ण खेलको समापन पछि लागु औषध विरुद्धको सचेतनामुलक सडक नाटक समेत प्रदर्शन गरिएको थियो ।

अत्यन्त मनोरम वातावरणमा भएको कार्यक्रममा सहभागी खेलाडीहरुलाई राष्ट्रिय युवा संघले सम्मान गर्दै कार्यक्रमको समापन गरेको हो । ने.क.पा.एमाले निकटका राष्ट्रिय युवा संघद्वारा आयोजित कार्यक्रममा वक्ताहरुले दशैं, तिहार र छठको अवसरमा एक अर्कामा शुभकामना आदानप्रदान गर्दै कार्यक्रमको समापन गरेको हो ।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१