सिराहामा १० दलित परिवारलाई पक्की घर हस्तान्तरण

  • असोज ३०, २०८०
  • ७०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम सिराहा - सिरहाको कर्जन्हा नगरपालिका -४ मा दश दलित परिवारलाई नवनिर्मित पक्कि घर हस्तान्तरण गरेको छ । कर्जन्हा नगरपालिका र भवानी एकिकृत विकास केन्द्रको सहजीकरणमा नगरपालिका भरीमा जम्मा ५५ घर निर्माणको क्रममा पहिलो चरणमा वडा नं. ४ मा दश दलित परिवारलाई घर हस्तान्तरण गरेको नगर प्रमुख भोला प्रसाद पोखरेलले जानकारी दिए ।

सोमबार प्रमुख पोखरेलले नमुना वस्तीकै रुपमा दश घरलाई उदघाट्न गर्दै आफुलाई यस कार्यबाट गर्भ महसुस भएको बताए छ। निर्वाचनमा आफुले गरेको प्रतिबद्धता बमोजिम यो कार्यको सुरुवात गरिएको बताए ।कर्जन्हा नगरपालिका - ४ कि स्थानीय गिता सदा पक्की घर पाएपछि निकै हर्षित देखिएकी छिन् । पहिला त वर्षा, चिसो र घाम लाग्दा कसरी खेप्ने भन्ने चिन्ता रहि रहन्थ्यो । अत्यधिक वर्षा र पानी भएपछि घर सम्मै पानी आउने र खान वस्न अत्यधिक समस्या भएकाले कहिले काहि सबै परिवार घर नै छोडेर अन्यत्र जानुपर्ने बाध्यता रहेको सुनाईन। तर,अब त्यो समस्याको समाधान भएको देख्दा आफु निकै खुसी भएको भन्दै नगरपालिका र संस्थाका प्रतिनिधीहरुलाई उनले धन्यवाद सुनाए।

नगरपालिकाको आर्थिक वर्ष २०७९÷८० मा फुसको छाना विस्थापित कार्यक्रमका लागि पालिकाबाट कुल १,७२,७३,९२५/- र हिल्टि फाउन्डेशनको सहयोगमा ह्याविट्याट फर ह्युमानिटी नेपालको सुरक्षित आवाश कार्यक्रम अन्तर्गतको कुल रकम रु.५०,००,०००। तथा लाभग्राही घरधनीहरुको श्रमदान मुल्यांकनको कुल रकम रु. ३९,३०,६९३३– गरि परियोजनाको जम्मा रकम रु.२,६२,०४,६१८/-मा भवानी एकिकृत विकास केन्द्रको सहजीकरणमा ५५ घर निर्माणको कार्य धमाधम भइरहेको छ।

त्यस मध्ये यसै नगरपालिकाको –४ भुल्के टोलमा स्व. रामपृत नायक एवं स्व. कारिचरन नायकबाट जग्गा प्राप्त भई निर्माण भएको १० घरको समुद्घाटन तथा समुदायमा हस्तान्तरण नगरपालिकाको नगर प्रमुख भोला प्रसाद पोखरेल र नगर उप–प्रमुख लक्ष्मी कुमारी श्रेष्ठले संयूक्त रुपमा गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस

लहानमा जेन-जी आन्दोल ...

ओम प्रकाश यादव लहान २९ असोज । सिरहाको लहानमा गत भदौ महिनाको २३-२४ भएको जेन–जी आन्दोलनका क्रममा ...

सखुवानन्कारकट्टीमा व ...

रहमुल लहान २९ असोज । हिन्दुहरूको महान चाडपर्व वडा दशैं, तिहार र छठपर्वको पावन अवसरमा सिरहाको सखुवानन ...

लहान–२४ का तिन विपन् ...

लहान । लहान नगरपालिका–२४ खपानी टोलका दुई विपन्न परिवारलाई लहान नगरपालिकाले खाद्यान्न सहयोग गरे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१