सिरहाटाइम्स लहान असोज २६ । सिरहा जिल्लाको भगवानपुर गाउँ पालिका वडा न० २ नहरा रिगौल गाउँमा गरिबीले सताएका आमाले गुमाए आफ्ना मानसिक सन्तुलन बिगत करिब १० वर्षदेखि सहदै आएका पिडा अहिले जटिल बनेर उहालाइ घर बिहिन बनाएको दृश्य सामुने आएका छन् । १५ वर्ष पहिले बिहे भएका महिलाको श्रीमान शुभ नारायण यादव बिहे भएको अर्को वर्षनै बित्नु भएको थियो । र त्यहा देखि माइतीमै आएर बस्न लागेका श्रीमती असो यादव अहिले मानसिक सन्तुलन बिग्रेर पागल भएर माग्दै हिडेको छ आज यो गाउँ त भोलि अर्को गाउँ माग्दै खादै गरेको छ । र खोजेर ल्याए पनी अर्को दिनै मानसिक सन्तुलन ठिक नभएको कारण भागदिने गरेको छ महिलाको काका बिसेश्वर यादव बताउछन ।
छोरीको ससुरालीमा कुनै जमिन ज्यथा नभएका कारण हामीले एउटा घर जमिन दिएर यहि गाउँमै बसाए अहिले छोरी कहा गएछ के भएछ भन्ने अतोपतो नभएर छोरा श्रवणको बेहाल भएको हो छोरीको काका बताउछ । एउटा छोरा सहित छोरीको ससुरालीबाट ल्याउदा एउटा झुपडी बनाइ दिएका थिए त्यो झुपडीमा पनि बस्दैन आमाकै कारण यी बच्चाको जीवन अन्धकारमा परेको छ यहा जम्मा हामि यादव, पासमान, साहुको टोलमा मिलेरै बसेको कारण जसो त्यसो यो बच्चाको गुजारा गराउदै आएको छु ।
मामा सुरज यादव आफै मजदुरी गरेर खाने त्यसमा पनि थप बिप्पदमा परेका यिनीहरुलाई कसले हेरिदिने पिडा एक छिमेकी पासमानले बताए साथै उहाले भने कि हामीले यस्तो पनि सुनेका छौ कि गरिब बिप्पनलाई सहारा दिने संघ संस्थाहरु पनि छन् यी बच्चालाइ पनि कुनै संघ संस्था तथा कुनै सहयोगी हातहरुले सहयोग गरिदिए म अभारी हुनथिए ।
प्रतिक्रिया दिनुहोस
सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved