Siraha Times
ताजा समाचार

नैनपुर सडकखण्ड जलमग्न आवत जावत प्रभावित

  • असोज १८, २०८०
  • ६५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज १७ । सिराहा जिल्लाको धनगढीमाई ११ स्थित नैंनपुर सडकखण्ड अन्तर्गत दुम खोला स्थित सडक डुवानमा पर्दै आएको छ । पूर्व पश्चिम राजमार्गको स्थानिय आप चोक देखि उत्तर सर्रे खोला समिपका बस्तीहरूमा जानको लागि बनाईएको सडकको बेहाल भईरदा पनि जनप्रतिनिधि बेखवर देखिन्छ । स्थानिय धनगढी बजार भएर राष्ट्रका विभिन्न ठाउँहरूमा आवात जावतका लागि बनाइएको सडकको अवस्था एकातिर जर्जर रहेको छ भने अर्कोतिर सडकको मध्य भागमा पानीको उपयुक्त निकास नगरिँदा सडकमा आवत जावत प्रभावित भएको हो । सडकको दायाँ बायाँ स्थानियले मिचेर पानी निकास स्थानियले बन्द गरेपछि सडकमा पानी जमेको हो ।

स्थानियले आफ्ना दादा गिरी कायम राखेपछि सामान्य वर्षामा पनि सडकमा पानी जमेर पोखरी बन्ने गरेको छ । धनगढीमाईको मुख्य सडकको रूपमा रहेको यस सडक भएर स्थानिय विद्यालयहरूमा अध्ययन गर्नका लागि जाने विद्यार्थीहरुलाई समेत समस्या उत्पन्न भइरहँदा पनि स्थानिय निकायले दीर्घकालीन उपाय नअपनाई आफ्नो कर्तव्यबाट पछि हटेको अवस्था रहेको छ । बाटोको अवस्थाको सम्बन्धमा वाडा अध्यक्ष अशोक श्रेष्ठलाई फोन संपर्क गर्दा बाटोको अवस्थाको अवलोकन हामीले गरेका छौं , दुई दिन भित्र बाटोमा ग्रावेल हाल्ने जानकारी गराउनु भएको छ । स्थानियको दादा गिरीले गर्दा उक्त बाटोको अवस्था जर्जर रहेको आम बुझाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१